बालविवाह न्यूनिकरण गर्न सरोकारवालाहरुले जोड

Image
Nisarga Hospital

धनगढी ः बालविवाह न्यूनिकरण गर्नका लागि कानुन कार्यान्वयन गर्न सम्बन्धीत निकायलाई दवाब दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
युवा गठबन्धन विकासले आइतवार धनगढीमा आयोजना गरेको मिडिया सवेदनशिलता र परिचालन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले बाल विवाह रोक्नको लागि कानुन कार्यान्वयमा जोड दिनुपर्ने बताएका हुन् ।

CP Hospital Dhangadhi

बाल विवाह रोक्नका लागि सञ्चारकर्मीहरुले भएका ऐन कानून कार्यान्वयनमा योगदान पुग्ने गरी कमल चलाउन आवश्यक रहेको पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले बताए । उनले बाल विवाह लगायत समाजमा हुने जति पनि किशोर किशोरीहरुका समस्यालाई समाधान गर्न तर्फ सबैले आ–आफनो ठाँउबाट लाग्न आवश्यक रहेको बताए।   

पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले गर्दा पनि बालविवाह लगायत समाजमा विभिन्न घटनाहरु बढ्ने क्रममा रहेको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुको भनाइ छ । युवा गठबन्धन विकासका टिम लिडर महेन्द्र शाहीले संस्थाले यौन तथा प्रजनल स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु गर्दै पनि आइरहेको बताए । कैलाली–कञ्चनपुरका ६ वटा विद्यालयमा कार्यक्रमहरु गर्दै आइरहेको उनले जानकारी दिए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका र गोदवारी नगरपलिकाका दुई÷दुई वटा स्कुलमा र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई वटा स्कुलमा कार्यक्रम सञ्चालनमा छ ।

नेपालमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य वर्तमान अवस्थाबारे सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गौरीदत्त जोशीले प्रस्तुतिकरण गरेका थिए ।