
बझाङः बझाङ चैनपुर केन्द्र बिन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको बझाङमा अस्थायी आवास निर्माणको काम अझै सकिएको छैन । गएको असोज १६ गते भूकम्प गएको थियो । तर पाँच महिनामा बझाङ जिल्लामा १ हजार ५ सय २१ वटा अस्थायी आवास निर्माण कार्य सम्पन्न भएका छन् ।

जिल्ला भरी ४ हजार ८ सय ५८ लाभग्राही पहिचान भएकोमा ३ हजार २१ जनाले सम्झौता गरेकोमा २ हजार ४ सय ९६ जनाले रकम पाइ सकेको जनाइएको छ । अझै १ हजार २ सय ८३ अस्थाइ आवास निर्माण कार्य सम्पन्न हुन बाकि रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङकमा उल्ल्ेख छ ।
यो तथ्याङक तयार पारुन्जेल स्थानीय तह मध्य जयपृथ्बी नगरपालिकाका १ हजार ४ सय ६० लाभग्राहि मध्य १२ सय ले सम्झौता गरेकोमा १ हजार ९० जना भुकम्प पिडितले अस्थाइ आवास निर्माण गरीसकेको र १ सय ८५ जनाकोे निर्माण कार्य भैरहेको जनाइएको छ ।

यस्तै बुङगल नगरपालिकाका १ सय ८८ लाभग्राहि मध्य १ सय २६ जनाले सम्झौता गरेको र सबैको आवास निर्माण सम्पन्न हुन बाकि रहेको देखाएको छ । सबै भन्दा कम साइपाल गाउपालिकामा ५ जना लाभग्राहि रहेकोमा ५ जनाले नै टहरा निर्माण कार्य सम्पन्न गरी सकेका छन् ।

यस्तै तल्कोट गाउपालिका १ सय ५३ लाभग्राहि रहेकोमा १ सय १ ले टहरा बनाएर रकम पाइ सकेको , मष्टा गाउपालिकाका ७ सय ४० लाभग्राही रहेकोमा २ सय ३७ जनाले सम्झौता गरेकोमा ६७ टहरा निर्माण गरीएको छ ।
यस्तै छबिसपाथीभेरा गाउपालिका ४ सय ६५ लाभग्राहि सँख्या रहेकोमा ३ सय ४८ जनाले सम्झौता गरेका थिए जसमा १ सय ५९ टहरा निर्माण गरीएका छन् । दुर्गाथली गाउपालिका ४ सय ७४ र खप्तड छान्ना गाउपालिका ४ सय ९३ लाभग्राहि रहेकोमा सम्झौता गर्न केहि ढिलाइ हुदा रकम बितरण गर्ने कार्य भैरहेको जनाइएको छ ।
थलारा गाउपालिका ७ सय ६० लाभग्राहि रहेकोमा १ सय ५० टहरा निर्माण गरीएका छन् । केदारस्यु गाउपालिकामा १ सय १२ लाभग्राहि रहेकोमा १ सय ७ टहरा निर्माण गरीएका छन् । बित्थडचिर गाउपालिका ८ लाभग्राहि रहेकोमा सबै टहरा निर्माण कार्य सकिएको तथ्याङले देखाएको छ ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट ४ हजार ८ सय ५८ लाभग्राहीका लागि हाल सम्म जिल्लाबाट स्थानीय तहमा ११ करोड ४३ लाख २५ हजार रुपैयाँ पठाएको थियो । स्थानीय तहहरुबाट लाभग्राहिका खातामा ६ करोड २४ लाख निकासा गरेका छन् । पहिचान भएका लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाइ सकेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।


































