
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले पशु सेवा शाखाबाट २ बर्षमा उपलब्धि मूलक क्रियाकलाप भएको देखिन्छ ।


गोदावरी नगरपालिकाको नगर प्रमुखको रुपमा बिरेन्द्र भट्ट निर्वाचित भए पश्चात गोदावरीको समग्र विकास सँगै यस पशु सेवा शाखाबाट जनताहरुले चौपाया पालन देखि कृषकहरुलाई के कसरी पालिकाको तर्फबाट सहयोग गर्न सकिन्छ भन्दै कामकाज अगाढी बढी रहेको छ ।

१ बर्षमै २० हजार पशुलाई निःशुल्क खोप लगाईएको छ भने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीसँगको समन्वयमा नगरभित्र हाल ३ प्रकारका खोपहरु लगाईसकिएको नगरपालिकाका नायब पशु सेवा प्राविधिक टेक शाहुले जानकारी दिए । गोदावरी नगरपालिकाले विज्ञ केन्द्रसँग समन्वय गरेर पिपिआर, एफएमडि र रेविज विरुद्धको खोपहरु प्रत्येक वर्ष यस्ता खोपहरु निःशूल्क रुपमा लगाउदै आएको छ ।
कृषिका कार्यक्रम अन्तरगत बगर खेतीलाई प्रोत्साहन गर्ने, उत्कृष्ट कृषक वा कृषि उद्यमी वा कृषि सहकारी वा कृषि समुहलाई पुरस्कृत गर्ने मापदण्ड बनाई पुरिस्कृत गरिने उल्लेख छ । यस्तै पालिकाबाट नै बाली उपचार शिविर र माटो परिक्षणका लागि प्रदेश सरकार संगको सहकार्य गरी कार्यक्रम संचालन गरिने जनाइएको छ ।
पशुसेवा अन्तरगत गोदावरीका वडा नम्बर ४ र ९ मा पशुपन्छी उपचार केन्द्र स्थापना गरी प्राविधिक सेवा संचालन , नगरको सम्भावित क्षेत्रमा बाख्रा विकास कार्यक्रम संचालन गर्ने, कृत्रिमा गर्भाधान सेवालाई बिस्तार गरी नश्लसुधार, सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण, र दुग्ध तथा मासु उत्पादनमा बिषेश जोड दिइने नीति तथा कार्यक्रम ल्याए सँगै कार्यान्वयन समेत गरेकोछ ।
नगरपालिकाले बाख्रा, कुखुरा, गाईभैसी, बंगुर, कुकुर, विरालो लगायतका जनावरहरुमा खोपहरु १२ वटै वडाहरुमा उक्त खोपहरु लगाउने गरेको छ । यसै आर्थिक वर्षमा अझै लम्पी स्किन, अफ्रिकन स्वाईन फिभर, रानी खेत रोग विरुद्धको खोपहरु लगाउने तयारीमा रहेको पशुसेवा शाखा प्रमुख राम बहादुर सार्कीले बताए ।
पछिल्लो समय लम्पी स्किनको प्रकोपका कारण भोग्नुपरेको क्षति जस्तै आगामी दिनमा पनि हुने होकी भन्ने चिन्तामा रहेका किसानहरु लाई निःशूल्क रुपमा खोप लगाउनका लागि पालिकाले पूर्व तयारीका साथ अगाढी बढेको पशु प्राबिधिक शाहुले बताए ।
यस्ता छन गोदावरी नगरपालिकाले २ बर्ष यता पशु सेवा शाखाबाट गरेका उपलब्धिहरुः-
• आ.व. २०७९/०८० मा थप ३ ठाउँमा पशुपन्छी उपचार केन्द्रहरु स्थापना गरि जम्मा ५ ठाउँ बाट पशुपन्छी उपचार सेवा कार्य संचालन गरि रहेको ।
• व्यवसायिक पशुपन्छी फार्म प्रबर्द्धनका लागि कृषकहरुको मागमा आधारित कार्यक्रम संचालन गरिएको ।जस अन्तर्गत ५० प्रतिशत अनुदानमा २३ जना कृषकहरु लाई बिधुतिय च्याप कटर थान- २३ वटा वितरण गरिएको ।
• १२ वटै वडामा रहेका व्यवसायिक पशुपन्छी फार्म, कृषक समूह/समिति, अगुवा कृषकहरु लाई सिजन अनुसारको पोषिलो उन्नत जातको घाँसको विउहरु तथा मिनरल ब्लक निः शुल्क वितरण गरिएको ।
• प्राविकधि सेवाको पहुँच भन्दा टाढा रहेका बस्तीहरुमा विभिन्न समयमा पशु स्वास्थ्य शिविर, बाँझोपन निवरण र परजिवि नियन्त्रण तथा बन्ध्याकरण शिविर कार्यक्रम निः शुल्क संचालन गरि सेवा प्रदान गरिएको ।
• बंगुर पकेट प्याकेज कार्यक्रम संचालन गरीएको ।
• ग्रामिण कुखुरा प्रवर्द्दन, पोषण सुधार तथा अण्डामा आत्मानिर्भर कार्यक्रम अन्तरगत १० हप्ते कुखुरा वितरण गरिएको ।
• नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा कार्यक्रम संचालन गरिएको ।
• १२ वटै वडाहरुमा निःशुल्क रेविज रोग बिरुद्धको खोप सेवा कार्यक्रम संचालन गरीएको ।
• नियमन कार्यक्रम अन्तरगत मासु पसल, एग्रो भेट, समूह/समिति, पशुपन्छी फार्महरुको अनुगमन निरिक्षण कार्यक्रम संचालन भएको ।
• भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी कैलाली सँगको सहकार्यमा सामुदायिक छाडा कुकुरहरुको बन्ध्याकरण शिविर कार्यक्रम संचालन गरिएको ।
• कृषकहरुले पालन गरेका पशुपन्छीहरुमा बिभिन्न सरुवा तथा महामारी जन्य संक्रामक रोगहरु बिरुद्धको निः शुल्क खोप सेवा कार्यक्रम संचालन गरिएको ।
• छरिएर रहेका कृषकहरु लाई एकिकृत गरी पशुपालन समूहमा आवद्ध गरिएको ।
• बैंकबाट सहुलिएत कृषि ऋण तथा अन्य प्रयोजनका लागि अनुमानित लागत स्टमेट तयार गर्ने कार्य गर्ने गरेको ।
• पशुधनको सुरक्षाको लागि पशुपन्छी बीमा कार्यक्रममा कृषकहरुलाई प्राविधक सेवा प्रदान गरिएको ।
सम्बन्धित समाचारः
गोदावरीमा कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालनमा
गोदावरीको सिम, चाप र नायलमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धि ३ दिने निःशुल्क शिबिर सम्पन्न
गोदावरी-४ फुलबस्तीमा परजिवी नियन्त्रण तथा बन्ध्याकरण शिबिर कार्यक्रम आयोजना
कैलालीको गोदावरी नगरपालिकाले अनुदानमा थारु आलुको बीउ वितरण गर्ने
कैलालीको गोदावरी नगरपालिकाका किसानहरुलाई घाँसको बीउ वितरण गरिने
कैलालीको अत्तरियाबाट फेरी विषादीयुक्त तरकारी फेला,अयोग्य तरकारी खाल्डोमा हाली नष्ट गरियो































