
बझाङ: बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको तलकोट गाउँपालिका वडा नम्बर १ सुनिगाड पुल नजिकै आज शनिबार दिउँसो १ बजेतिर तलकोट बाट सदरमुकाम चैनपुर तर्फ आउदैं गरेको से.२ त ३५४७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर एक्कासी सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बैतडीको पुर्चोडी नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३५ बर्षीय ट्याक्टर चालक सागर बोहरा घाइते भएका छन् ।

उनको टाउको,बाया आँखा र ढाडमा चोट, लागेर उपचारको लागि जिल्ला अस्पताल बझाङ ल्याएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

































