युनिक मोडर्न एकेडेमीको १६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिका वडा नं २ सन्तोषिटोल स्थित युनिक मोडर्न एकेडेमीको १६ औं वार्षिकोत्सव आइतबार भब्यरूपमा सम्पन्न भएको छ। ओम प्यालेसमा आयोजित वार्षिकोत्सव समारोहको सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टीएन जोशीले उद्घाटन गरे।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रमुख अतिथि उपकुलपति जोशीले डर र त्रासमा नभै माया र हौसलाका साथ अध्यापन हुने विद्यालय नै आजको आवश्यकता भएको बताए। उनले युनिक मोडर्न एकेडेमीले छोटै समयमा शैक्षिक गुणस्तरमा आफूलाई कायम राखेको बताउदै विद्यालयले रचनात्मक कृयाकलापमा समेत जोड दिएकोमा प्रशंसा ब्यक्त गरे। कार्यक्रमममा विद्यालयकी संस्थापक सञ्चालिका तथा प्रबन्ध निर्देशक रत्ना बिष्टले ३० जनाबाट शुरू भएको विद्यालयमा हाल झण्डै साढे तीन सय विद्यार्थी पुग्न सफल भएको बताउदै अभिभावकहरूको मायाले विद्यालय प्रगतितर्फ अगाडि बढीरहेको बताइन्।

Attariya Hospital

उनले पढाइका साथसाथै विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई समेत आफुले जोड दिएको बताइन्। वार्षिकोत्सव समारोहमा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूले आकर्षक नृत्य, गायन तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए। समारोहमा प्रमुख अतिथि डा.जोशी र विद्यालयकी संस्थापक रत्ना बिष्टले विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मानपत्र समेत प्रदान गरेका थिए।

nawajiwan

कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशी, सुप क्याम्पसका प्रमुख योगराज गौतम, नेपाली काङ्ग्रेस कैलालीका सचिब नृप सुनार, बडाध्यक्ष धर्मराज ओझा, महिला नेतृ शान्ति सिंह, सिद्धार्थ शिशु सदनका प्राचार्य सीबी चन्द लगायत विशिष्ट ब्यक्तिहरूको उपस्थिति थियो। समारोहमा शिक्षा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याए बाफत प्रमुख अतिथि उपकुलपति डा.जोशीलाई विद्यालयले सम्मानसमेत गरेको छ। समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकाहरूलाई समेत सम्मान गरिएको थियो।