बझाङमा महिनावारी हुदाँ घरमा बस्दै महिला

Image
Nisarga Hospital

रमेश बहादुर सिंह  बझाङ ः बझाङ जिल्लाको खष्तडछाना गाउँपालिकामा महिनाबारी हुदाँ महिलाहरु घरमा बस्दै आएकी छन। ग्रीन तारा नेपाल ग्रामीण शिक्षा तथा वातारण विकास केन्द रिडनेपाल तथा जर्मनी संघिय सरकार करुणा ट्रष्ट को सहयोग भएको हो । जिल्लाको खष्तडछाना गाउँपालिका वडा न ६र ७मा कार्यक्रम सन्चालन भएपछि हो ।

CP Hospital Dhangadhi

महिलाहरुलाई छाउपडी प्रथा अत्य गर्ने उद्देश्यले विभिन्न १८ वटा स्थानमा आमा समूह र आठ वटा बिधालयमा किशोरी समुह गठित बनाएर कार्यक्रम संन्चालन गरेपछि महिलाहरुलाई महिनावारी हुदा सरसफाइ लगाएत अन्य काम बारेमा जानकारी र छाउगोठ मा बस्दा हुने समस्या हरुको बारेमा छलफल गराएपछि महिलाहरु घरमा बस्न थालेकि हुन । परम्परागत रुपमा अन्धविश्वास रहेको छाउपडी प्रथा लाई अन्ते गर्दै महिनावारी हुदान् पोष्टिक तत्व लगाए दुध दही खानेकुरा मा पनि खाने गरेको खष्तडछाना गाउँपालिकामा वडा नं ६कि स्थानिय महिला रमा जोशिले बताइन्।

Attariya Hospital

पहिला घरमा आमा बुवाले महिनावारी हुदा अन्धविश्वासका कारण दहि दुध खानुहुँदैन भने परम्पराको अन्त्ये गर्दै आफुहरुले विभिन्न कुराहरु मा घरपरिवार लाई छलफल गरेर अहिले आमा बुवाले पनि महिनावारीको समयमा र कार्यक्रम को प्रभावले गर्दा खाने कुराहरमा कुनै भेदभाव नरहेको जानकारी दिनुभयो। अझै यो अन्धविश्वास को रुपमा रहेको छाउपडी प्रथा लाई पुर्ण रुपमा अन्ते गर्ने महिला हरुलाई विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम सडक नाटक लगाएका कार्यक्रम गरे अझै सहज र पुर्ण रुपमा अन्ते हुने उहाले बताइन। यो कार्यक्रम लागु भएपछि यस खष्तडछाना गाउँपालिका को पाटादेवलमा छाउगोठ पुर्ण रुपमा वन्द रहेको अर्की महिला सुर्मा खड्का ले बताएकि छन्। आपनो टोल छिमेकमा कुनै पनि महिला पहिलेको जस्तो गरेर घर भन्दा टाढा को गोठमा नबस्ने गरेको उहाँको भनाइ रहेको छ।

nawajiwan

यो कार्यक्रम ले महिलाहरु लाई महिनावारी सम्बन्धित मात्र जानकारी नदिएर आफुहरुलाई पढन लेख्न सरसफाई कसरी गर्ने महिनावारी हुदा य्याड कसरी प्रयोग गर्न हात कसरी धुने र दुई मान्छे को अगाडी बोल्न नस्कने महिलाहरु लाई अहिले राम्रो सँग बोल्न सक्ने समेत बनाएको हिमा थापा ले जानकारी दिनुभयो।यो संस्थाले खष्तडछाना गाउँपालिकाको वडा नं ६र ७मा विभिन्न काम गर्दै आएको पाइएको छ जस्तै शौचालय मर्मत तथा घेरवार, किशोरी समुह सगै आमा समूह को पत्येक महिनामा एक पटक बैठक सन्चालन धामी पुजारी सगं अन्तरक्रिया कार्यक्रम तथा बैठक स्वास्थ्य चौकी मा बिभिन्न किसिमका सहयोग महिला जनप्रतिनिधिहरु लाइ क्षेमता अभिवृद्धि तालिम स्वास्थ्य कर्मी लाई तालिम लगाएतका अन्य विविध विषयमा काम गर्दै आएको र यसको सहयोग जर्मन संघिय सरकार करुणा ट्रष्ट ग्रीन तारा नेपाल र ग्रामिण शिक्षा ले गरेको छ।यो कार्यक्रम को प्रभावले यहाँका महलहरू निकै खुसि भएकि छन् भने उनिहरुले अब आगामी दिनहरूमा सिप विकास तालीम सगै सडक नाटक लगाएका कार्यक्रम गरे अझै महिनावारी सम्बन्धित सम्पुर्ण समुदायमा जनचेतना पुर्ने उनिहरुको भनाइ रहेको छ ‌