
बझाङः बझाङमा अलकत्रा हाल्ने मेसिनमा आगलागी हुदा एक जना घाइते भएका छन् । चैत्र ५ गते आज साझ ६ः३० बजे केदास्यु गाउपालिका ५ अख्तर बगर स्थित बागथला बिजगडा सडक खण्डमा सडक पिच गर्ने क्रममा अलकत्रा हाल्ने मेसिन मा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


आगलागी हुदा मेसिनमा पुणर् रुपमा क्षति हुनुका साथै बिथ्डचिर गाउपालिका २ का २८ बर्षिय मेसिन अपरेटर डम्बर बोहरा घाइते हुनुभएको छ । घाइते बोहराको कम्मर भन्दा माथिको भाग जलेकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङ ल्याइएको सुचना अधिकारी दिपेस चौधरीले बताउनुभयो ।
































