कैलाली प्रिमियर लिग: आलिताल र परशुराम विजयी

Image
Nisarga Hospital

बैतडी: धनगढीमा जारी दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिता अन्तरगत आज भएका खेलमा डडेल्धुराकाे आलिताल गाउँपालिका र परशुराम नगरपालिका विजयी भएका छन्।

CP Hospital Dhangadhi

आलितालले सुखद सुरूवात गर्ने क्रममा कैलालीको टिकापुर नगरपालिकामाथि ९ विकेटको सानदार जित निकाल्याे। जितका लागि पाएकाे १२८ रनकाे लक्ष्य आलितालले १०.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्याे। जसमा राजु रिजालले अर्धशतकीय पारि खेले। म्यान अफ द म्याच समेत भएका राजुले अविजित ५३ रनकाे याेगदान गरे। दिलबहादुर बाेहराले अविजित ३४ र विजय रानाले २४ रन हिर्काए। टिकापुरका डिकेन्द्र शाहले १ विकेट लिए।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे टिकापुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रन बनायो । उसका सन्दीप साउदले ३२,साैरभ शाहले २९ र प्रवेश साउदले २७ रन बनाए। आलितालका दिपक टमटाले २ विकेट झारे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैबीच आजै भएकाे अर्को खेलमा डाेटीकाे शिखर नगरपालिकालाई १०३ रनले स्तब्ध पार्दै डडेल्धुराकाे परशुराम नगरपालिकाले पहिलाे जित दर्ता गरेकाे छ।

परशुरामले दिएको १९४ रनकाे लक्ष्य पछ्याएकाे शिखर १७.३ ओभरमा ९० रनमा अलआउट भयाे। उसका राेशन अधिकारीले २२,सुवास ऐरले १९ र वासिम हलवाईले १६ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । परशुरामका लागि कृष्ण विष्टले ३ र महेन्द्र धामीले २ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे परशुरामले २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनायाे। जसमा अर्जुन विकले शतक हिर्काए। ६० बलकाे सामना गरेका अर्जुनले ६ छक्का र १० चाैकाकाे मद्दतले १०३ रन बनाए। यस्तै राज विकले ५८ रन जाेडे।
शिखरका भाेजराज भट्टले ३ विकेट हात पारे।

परशुरामका लागि शतक प्रहार गर्ने अर्जुन विक म्यान अफ द म्याच चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।
खेलका म्यान अफ द म्याचलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशी र गुरूजी सटिङ सुटिङका प्रवन्धक सतिस जाेशीले पुरूस्कार वितरण गरे।

कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे छ।

प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे।
उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएकाे छ। याे प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने आयाेजक कैलाली जिल्ला क्रिकेट संघकाे विश्वास छ।

Dhnagadhi & Krishanapur