
बझाङ: पालिकाको शैक्षिक अवस्थालाई सुधार गर्नका लागी पालिकाले आफ्नो पालिका भित्र रहेका विद्यालयहरुमा निगरानि बढाएको छ । सामुदायिक विद्यालय र निजी विद्यालयकोहरुको शैक्षिक गुणस्तरलाई दाँज्ने हो भने सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदो अवस्थामा रहेको पाईन्छ । दक्ष शिक्षक रहेको सामुदायिक विद्यालयका अध्यन गर्ने बालबालिकाहरुको शिक्षाको गुणस्तर खस्कने अवस्थामा पुगेपछी पालिकाहरुले विद्यालयमा निगरानि बढाएका हुन् ।

कक्षा ८ मा अध्यनरत छात्रछात्राहरुको शैक्षिक गुणस्तर मापन गर्नका लागी पालिकाले नै प्रश्नपत्र तयार गरी पालिका भरीका सबै विद्यालयहरुमा एकै पटक परिक्षा लिएर उत्तरपुस्तिका पालिकाले नै जाँच गरी रिजल्ट सार्वजनिक गर्ने तयारीमा थलारा गाउँपालिका लागी परेको छ । परिक्षा केन्द्र समेत निर्धारण गरेर पालिकाले अनुगमन समिती तयार गरी परिक्षा केन्द्रहरुमा अनुगमन तथा निगरानी समेत बढाएको हो ।

यस्तै थलारा गाउँपालिका वडा नम्बर ९ ले भने कक्षा ८ बाहेक कक्षा ४ देखी कक्षा ९ सम्म नै शैक्षिक गुणस्तर मापन गर्नका लागी वडाले नै विज्ञ टोली मार्फत प्रश्नपत्र तयार गरी सबै विद्यालयहरुमा एकै पटक परिक्षा संचालन गरेको छ । सरकारी विद्यालय र निजी विद्यालयका अध्यन गर्ने बालबालिकाहरु विच तुलना गर्दा सरकारी विद्यालयमा अध्यन गर्ने बालबालिका कमजोर देखीन थालेपछी थलारा गाउँपालिका वडा नम्बर ९ ले शैक्षिक अवस्था सुधार गर्न निगरानी बढाएर वडा स्तरीय परिक्षा संचालन गरेको वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बहादुर विष्टले बताए ।
उनले भने , ‘यस बर्ष वडाले प्रश्नपत्र मात्रै निर्माण र अनुगमन गरेपनी आउदो शैक्षिक शत्रको सुरु देखी नै विद्यालयमा अनुगमन विभिन्न शैक्षिक क्रियाकलाप, वडा स्तरीय शिक्षा समिति मार्फत विद्यालयको अनुगमन र निगरानी सहित प्रश्नपत्र निर्माण र परिक्षा संचालन लगायतका कार्य अघि बढाउने तयारी वडाले गरेको बताए । साथै शिक्षकहरुको क्षमता अभिबृद्धी गर्ने खालका कार्यक्रमहरु समेत संचालन गरीने र राम्रो अध्यापन गराउने शिक्षक शिक्षिकालाई पुरुस्कृत र लापर्वाही गर्ने शिक्षक शिक्षीकालाई कार्वाही गर्ने गरी आफुहरु अघि बढेको बताए’ ।

यस बर्ष वडा नम्बर ९ ले कक्षा ८ बाहेक सबै परिक्षा वडा स्तरीय लिएर राम्रो गरेको बताउदै थलारा गाउँपालिकाका शिक्षा संयोजक हर्क बहादुर रोकायाले भने, ‘ थलारा गाउँपालिकाले दरबन्दि मिलान गर्नका कार्यदल तयार गरी कार्यान्वयनको चरणका छ । कार्यदलले सबै विद्यालयको अनुगमन गरी सकेको र प्रतिबेदन आउने वित्तीकै दरबन्दि मिलन गरीने छ । यो संगै पालिकाले विद्यालयको भौतिक आर्थिक अवस्थाको बारेमा समेत अध्यन गरी सकेकाले आवष्यकताका आधारमा दरबन्दि थप घट, भौतीक संरचना पुन निर्माण आदी कार्य गरी रहेको बताए । उनले यो बर्ष पालिका भरी रहेका कक्षा ८ मा अध्यन गर्ने विद्यार्थिहरुको परिक्षामा एकरुपता ल्याएको र आउदो बर्ष कक्षा ५ को र ८ को परिक्षा पालिका स्तरी गर्ने र कक्षा ४, ६, ७ र ९ को प्रश्नपत्र पालिकाले नै तयार गर्ने गरी काम अघि बढाएको बताए ।
यसमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुको कारण प्रत्यक्ष रुपमा शिक्षकहरुको लापर्वाही देखीए पनी यसको पछाडी अभिभावक र अन्य सरोकारवाला निकायको पनी कमजोरी रहेकाले शैक्षिक अवस्था कमजोर भएको देखीन्छ । यसका लागी पालिकाले अभिभावक शिक्षा समेत लागु गरेको छ । कमजोरी सबैका छन् प्रत्यक्ष देखीने भनेको शिक्षकहरुको रहेको र शिक्षकलाई शशक्त र सक्षम बनाउन विभिन्न तालिमहरु समेत उपलब्ध गराएर पालिका भरीको शिक्षालाई गुणस्तरी बनाउने बताए’ ।
यता थलारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितले शिक्षाको अवस्था सुधार गर्न पालिका वडा देखी आम समुदायको उत्तीकै भुमिका रहेका कारण सबैले एक्यबद्धता भएर लाग्न जरुरी रहेको बताउदै उनले भने, ‘विद्यालयको समायोजन गर्ने र दरबन्दि मिलान गर्ने कार्य यसै नयाँ शैक्षिक शत्र भित्र गर्ने तयारी छ । गरीब जेहेन्दार विद्यार्थिहरुलाई छात्रवृती दिने कार्य पालिकाले गरी रहेको छ ।यसका साथै नियमित अनुगमन आदी कार्य पालिकाले गर्दै आएको बताए’। कक्षा ८को परिक्षा थलारा गाउँपालिकाले मात्रै नभई जिल्लाका सबै पालिकाहरुले ८ कक्षाको परिक्षा पालिका स्तरीय नै बनाएका छन् ।



































