बझाङमा मलामी गएका एक जनाको सेती नदिमा बगेर मृत्यु

Image
Nisarga Hospital

बझाङमा सेती नदिमा बगेर एक जनाको मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४० बर्षीय धनजित आग्रीको सेती नदिमा बगेर मृत्यु भएको हो । हिजो राती चट्याङ लागी मृत्यु भएका गजेन्› बहादुर सिंहको दाह संस्कारमा मलामी गएका आग्रिको सेती नदिमा नुहाउने क्रममा आज दिउसो ३ बजे जयपृथ्बी नगरपालिका ७ धौलाबगर स्थित सेति नदिमा बगेर मृत्य भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Attariya Hospital

सेती नदिको किनारमा नुहाइ रहेका आग्रि १ किलो मिटर तल बगेर नदिको किनारमा माछा मार्ने व्यक्तिहरुले फेला पारेका थिए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

nawajiwan