कैलाली प्रिमियर लिग: परशुराम र शिखर सेमिफाइनलमा

Image
Nisarga Hospital

धनगढीमा जारी दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगितामा
सेमिफाइनल पुग्ने २ टाेलीकाे टुंगो लागेकाे छ।

CP Hospital Dhangadhi

समूह बी मा रहेका ५ टाेलीमध्ये समूह विजेता बन्दै डडेलधुराकाे परशुराम नगरपालिका र समूह उपविजेता बन्दै डाेटीकाे शिखर नगरपालिका सेमिफाइनलमा पुगेका छन्।

आज सम्पन्न खेलमा शिखरले कैलालीको गाेदावरी नगरपालिकालाई ३ विकेटले हरायाे। शिखरले दिएकाे ९० रनकाे लक्ष्य पछ्याएकाे गाेदावरी १२.५ ओभरमा ८३ रनमा अलआउट भयाे। उसका विरबहादुर घर्तीमगरले नटआउट २९ रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् । शिखरका आयुश द्वारिया र लक्ष्मण पार्कीले ३/३ विकेट हात पारे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि कैलालीको फाप्ला क्रिकेट मैदान पहिला ब्याटिङ गरेकाे शिखर ११.१ ओभरमा ८९ रनमा समेटियाे। जसमा म्यान अफ द म्याच भएका शुवास ऐेरले अविजित ३३ रन बनाए। गाेदावरीका विरबहादुर घर्तीमगरले ४ विकेट झारे।

परशुराम,शिखर र गाेदावरीकाे समान ४ अंक भएपनि नेटरनरेटकाे आधारमा गाेदावरी पछि परेपछि सेमिफाइनल दाैडबाट बाहिरिएको स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।
यस्तै आजै भएकाे समूह ए काे अर्काे खेलमा घाेडाघाेडी नगरपालिकाले धनगढी उपमहानगरपालिकालाई २१ रनले हराएको छ।

कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे छ।
प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे।

उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएकाे छ। याे प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने आयाेजक कैलाली जिल्ला क्रिकेट संघकाे विश्वास छ।

Dhnagadhi & Krishanapur