लालसलाम कप भलिबल प्रतियोगिता हुने

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिमको राजधानी धनगढीमा प्रथम लालसलाम कप प्रदेश क्याम्पसस्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

CP Hospital Dhangadhi

२०८१ सालको बैशाख १५ देखि २२ गतेसम्म धनगढी कभर्डहलमा प्रदेशका विभिन्न जिल्लाका क्याम्पसहरुबीच भलिबल प्रतियोगिता हुने आयोजक अनेरास्ववियू ९क्रान्तिकारी० कैलाली जिल्ला समितिले जनाएको छ। प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार रहेका छ। विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ।

Attariya Hospital

प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाबाट ३० टिमको सहभागिता रहने आयोजकको अनुमान छ। प्रतियोगिताको लागि टीकापुर भलिबल ट्रोनिङ सेन्टरले सहकार्य गरेको आयोजक अनेरास्ववियू ९क्रान्तिकारी० कैलाली जिल्ला समितिका अध्यक्ष शिवराज सञ्ज्यालले बताए।

nawajiwan

उनले हरेक टिमले ९ जना खेलाडीसहित एकजना प्रशिक्षक र एकजना व्यवस्थापक हुनुपर्ने बताए। भलिबल संघको नियमअनुसार खेल खेलाइने उनले बताए। १५ लाख ५५ हजारको लगानीमा प्रतियोगिता गर्न लागिएको हो।