दिपायल सिलगढी नगरपालिकाभित्र सामुदायिक र सँस्थागत विद्यालयको ड्रेसमा एकरुपता ल्याइने

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

डोटीको दिपायल सिलगढी नगरपालिकाभित्रका सामुदायिक र सँस्थागत विद्यालयको ड्रेसमा एकरुपता ल्याइने भएको छ ।

शैक्षिक शत्र २०८२ देखि सामुदायिक र सँस्थागत विद्यालयको ड्रेसमा एकरुपता ल्याउने गरी प्रक्रिया अगाडी बढाउन लागिएको दिपायल सिलगढी नगरपालिकाका प्रमूख बाजी सिं खड्का (बिजय) ले जानकारी दिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

सुदूर खबर सँगको विशेष कुराकानीमा नगर प्रमूख खड्काले भने–‘हामीले शैक्षिक शत्र २०८१ बाट नै सामुदायिक र सँस्थागत विद्यालयको ड्रेसमा एकरुपता ल्याउने सोचेका थियौं, यद्यपी प्रक्रियागत तयारी पूरा गर्न समय लाग्ने भयो । तसर्थ शैक्षिक शत्र २०८२ बाट मात्रै ड्रेसमा एकरुपता ल्याउँछौं ।’

सामुदायिक विद्यालय र सँस्थागत विद्यालयमा पढ्ने विद्यार्थीहरुको मनोविज्ञानमा प्रभाव नपरोस् भन्ने उद्धेश्यका साथ ड्रेसमा एकरुपता ल्याउन लागिएको उनको भनाई छ । उनले भने–‘चर्काे फि तिरेर निजि स्कुलमा पढ्ने बच्चाले लगाएको ड्रेस देख्ने बित्तिकै झुत्रो, मैलो, फाटेको ड्रेस लगाएको सरकारी स्कुलमा पढ्ने विद्यार्थीको भेट हुँदा सरकारी स्कुल पढ्ने बालबालिकाको मनोबल त्यसै पनि कमजोर हुने र गिर्ने मैले महशुस गरेको छु । त्यसैले पनि ड्रेसमा एक रुपता हुनु जरुरी छ ।’

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेट्दै नगर सभाबाट पास गरी बजेटको समेत व्यवस्थापन गरी आवश्यक प्रक्रिया अगाडी बढाइने उनले बताए ।

जसका लागि दिपायल सिलगढी नगरपालिकाले मेशिन खरिद, धागो खरिद, सिप विकास तालिम लगाएतका विषयमा (सब सिटी) अनुदानको व्यवस्था गरी शेअर सदस्यहरु बनाएर एक समूह गठन गरी कपडा उत्पादन समेत स्थानीय स्तरमा नगरभित्रै गर्ने जनाईएको छ । उक्त उद्योगबाट विद्यालयको ड्रेससँगै सरकारी ड्रेसको कपडा समेत उत्पादन गरिने नगर प्रमूखको भनाइ छ ।

यस विषयमा थप प्रभावकारी रुपमा अगाडी बढ्न विभिन्न उद्यम व्यवसायी, विज्ञहरु र सरोकारवालासँग छलफल गरीने बताईएको छ ।

स्थानीय तहको संरचनामा नगर सरकार आफैमा स्वायत्त सरकार भएकाले आफ्नो अधिकार प्रयोग गर्दै सबै विद्यार्थीको हितका लागि विद्यालय ड्रेसमा एकरुपता ल्याउने नगरपालिकाको तयारी छ ।

Dhnagadhi & Krishanapur