
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले नगर प्रमुख विरेन्द्र भट्ट र उप-प्रमुखमा शारदा देबी रोकायाको रुपमा जन प्रतिनिधि पाएको २ वर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा, विकास, प्रशासकिय, स्वरोजगार, कृषि तथा पशु, महिला बालबालिका। दैबिक प्रकोप लगयात क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ ।

नगर प्रमुख विरेन्द्र भट्टले पछिल्ला दुई वर्षको अवधिमा नगरको स्वास्थ्य, शिक्षा, बिकास सँगै अन्य क्षेत्रमा संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । “पछिल्लो समय स्वास्थ्य सेवा महँगो र विपन्न समुदायको पहुँचभन्दा बाहिर गइरहेको छ”, उहाँले भन्नुभयो, “सामान्य घाउँ खटिरा आउँदा पनि उपचार गर्न जाँदा ठूलो रकम खर्च हुने अवस्था छ, पैसा नभएर रोग पालेर बस्नुपर्ने बाध्यता छ, त्यसैले पनि हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै विपन्नको स्वास्थ्य बिमा, सरकारी स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छौं ।”
नगरभरि १०८ वटा बाल विकास केन्द्र छन् । तिनको भौतिक तथा शैक्षिक सुधारका लागि भवन तथा कक्षाकोठाको मर्मत र शैक्षिक सामग्री व्यवस्थापन गरिएको छ । साथसाथै बालबालिको भविश्य सँग जोडिएका शिक्षक, शिक्षिकाहरुलाई शिक्षण सुधारका लागि तालिम समेत दिई सकेको छ ।

दुई बर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा के के उपलब्धि भए ?
१- पूर्ण खोप पालिका सुनिश्चित गरिएको ।
२. बेला र हाटखोलीमा Birthing center विस्तार ।
३. सुरक्षित गर्भपतन केन्द्र विस्तार अत्तरिया, लालपुर र हाटखोलीमा ।
४. मालाखेती अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तार Indoor र OT सेवा सुचारु गरिएको ।
५. एम्बुलेन्स सेवा गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अतिअसक्षम/असक्त अपांग लाई Free गरियो ।
६. स्वाथ्यको विभिन्न सूचांकमा कैलाली जिल्लाको १३ वटा पालिका मध्ये गोदावरी दोस्रो न. मा पर्न सफल भै प्रदेश सरकारबाट सम्मानित भएको ।
७. मेयर संग जेष्ठ नागरिक कार्यक्रम जेष्ठनागरिकको घर दैलोमा गएर उपचार , परामर्श तथा आवश्यकता अनुसार नसर्ने रोग को निःशुल्क औषधि वितरण गरिएको ।
८. विद्यालय नर्स कोर्यक्रम संचालन गरिएको ।
९. सुत्केरी महिलाको घरमा आएर ३ पटक सुत्केरी तथा नवशिशुको जाँच गर्ने गरिएको ।
१०. COVID बिरुद्धको जाँच तथा निरन्तर खोप सेवा संचालन गरिएको ।
११. सुत्केरी महिलालाई १५०० बराबरको पोषण साम्रागी बितरण गरिदै आएको ।
१२ अपाङ्ग स्वास्थ्य सेवाको लागी आवश्यक पर्ने ओषधि वर्षभरी आपूर्ति गरिएको
१३. सबै स्वास्थ्य संस्थामा Internet को पहुँच पुर्याई Online record reporting तथा Online Store व्यावस्थापन मार्फद सेवा संचालन गरिएको ।
१४. Rusg Camp तथा Via camp प्रत्येक महिना संचालन गरिएको ।
१५. नगर आपूर्ति केन्द्रमा आयुर्बेदिक औषधि उपलब्ध गराईरहेको ।
१६ नसर्ने रोग हा Blood pressure, sugar को औंषधी बर्ष भरी निःशुल्क वितरण गरि रहेको ।
१७. प्रभावित क्षेत्रहरुमा Maleriya, TB को Screening Comp संचालन गरी पत्ता लागेका लाई उपचारमा ल्याएको ।
१८. प्रत्येकवर्ष महिला र पुरुषको लागी बन्ध्याकरण शिवीरको आयोजना ।
१९. अवकाश प्राप्त स्वयंसेविका (Female Health volunteer) लाई५० हजारको दरले नगद तथा सम्मान कार्यक्रम ।
२० प्रत्येक म.स्व. से.लाई मासिक १००० बराबर यातायात खर्च दिईदै आएको।
२१. सिकलसेल एनेमिया screening शिविरको कार्यक्रमको आयोजना ।
२२. स्वास्थ्य बिमा गराउने लाई लाग्ने शुल्क पालिका बाट बेहोरिरहेको ।
२३.प्रत्येक वर्ष स्वा. संस्थाको समाजिक परिक्षण गर्ने गरिएको ।
२४ विशेषज्ञ स्वास्थ्य शिबिर संचालन प्रत्येक वर्ष गरिएको
२५ प्रत्येक वर्षमा आँखा शिवीर संचालन गरिसको
२५. कुपोषण पहिचानको लागी प्रत्येक बर्षमा Screening शिवीर संचालन गरिएको ।
२६. प्रयोगशालाहरुमा आवश्यक जनशक्तीहरु लाई परिचालन र औषधि उपचार , केमिकलको व्यावस्थापन गरिएको ।
१७. स्वास्थ्य सम्बन्धि बिभिन्न दिवस मनाई रहेको ।
२८. बीमा अन्तरगत मालाखेती अस्पतालमा वर्ष भरी निःशुल्क औषधि तथा बिभिन्न चेक जाँचको सुविधा प्रदान गरिएको ।
२९. २४ सै घण्टा मालाखेती अस्पतालमा चिकित्सक स्तर Emergency सेवा प्रदान गर्ने गरिएको ।
३०.आवश्यकता अनुसार स्वास्थ्य संस्थाको मर्म्मत संभारको काम गरिएको ।
शिक्षा क्षेत्रमा असल अभ्यास तथा उपलब्धिहरु !
१. आधारभूत तह कक्षा १-३ को स्थानीय पाठ्यक्रम कार्यान्वयन
२. आधारभूत तह कक्षा ४-८ को स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन ।
३. १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा निर्माण ।
४. दरबन्दी मिलानका लागि दरबन्दी मिलान सहजीकरण समिति गठन भइ दरबन्दी मिलान प्रक्रियाको थालनी भएको ।
५. स्थानीय स्तरमा उत्पादित खाद्य सामग्री प्रयोग गरी दिवा खाजा उपलब्धताको सुरुवात ।
६. छात्राहरुलाई सेनिटरी प्याडको पर्याप्तता र उपलब्धता सुनिश्चित भएको ।
७. नगर शिक्षा ऐन तथा शिक्षासंग सम्बन्धित विभिन्न कार्यविधि निर्माण र कार्यान्वयन ।
८. नगरस्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन ।
९. नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन ।
१०. जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भइ तृतीय स्थान हासिल गर्न सफल। दुई वर्ष
११. सबै सामुदायिक माध्यमिक विद्यालयहरुमा इन्टरनेटको पहुँच।
१२. एक वडा एक नमूना विद्यालयको अवधारणा अनुसार नमूना विद्यालयहरु निर्माण।
१३. शैक्षिक सरोकारवालाहरुसंग नियमित छलफल, अन्तरक्रिया, समन्वय ।
१४. स्थानीय पाठ्यक्रम प्रबोधिकरण (कक्षा ४.८)
१५. कक्षा (५, ८, १०) को पाठ्यक्रम प्रबोधिकरण ।
१६. लेखा सम्बन्धी काम गर्ने शिक्षक तथा कर्मचारीहरुलाई IEMIS तालिम उपलब्ध गराइएको ।
१७. बालविकास सहजकर्ताहरुलाई क्षमता विकास कार्यक्रम १०८ स्कुलको ५०% लाई
१८. सिकाइ उपलब्धिका आधारमा विद्यालय र बिद्यार्थीलाई सम्मान ।
१९. अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान ।
२०. मुक्त कमलहरी छात्रबृतिको ब्यावस्था ।
२१. अपाङ्गता छात्रबृतिको ब्यावस्था ।
२२. दलित/ छात्रालाई छात्रबृतिको ब्यावस्था ।
२३. बिद्यालयको विकास/ गुणस्तरका लागि समय समयमा अनुगमन ।
२४. शैलेश्वरी माबि, नबज्यति माबि चार कोठाको र राष्ट्रिय माबिमा दुई कोठाको भवन निर्माण सम्पन्न
२५. कृष्ण आधारभुत बिद्यालयमा तेघरी र चण्डेश्वरी आ.बि.लालपुरमा ICT शिक्षा लागु
२६. राष्ट्रिय माबि बस्कोटामा पुस्ताकालय निर्माण
२७. समैजी माबि महगाँउ र दुर्गामाबि कोल्मुडामा विज्ञान प्रयोगशाला
२८. शैलेश्वरी माबि बडेहामा नमूना बिद्यालय ।
राष्ट्रिय भूमि आयोग अन्तर्गत भएका उपलब्धी
१. भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यबस्थित बसोबासीको लगत संकलन कार्य गरीयो । (२०५५७ बटा फारम संकलन विगत २०७७ देखी हाल सम्म )
२. उक्त संकलन गरिएका फारमलाई NALCIS मा entry गर्ने कार्य । (१५६७१ वटा फारम entry भएको)
३. यस न.पा. को वडा नं. ४ र १२ को पहाडी क्षेत्रमा करिब २५० वटा नियन्त्रण बिन्दु (control point) राख्ने कार्य गरियो।
४. वडा नं. १,२,३,५,६,७ र ८ मा पुर्ण रुपमा नापिगर्ने कार्य सम्पन्न भएको । वडा नं. ४ को केहि पहाडी क्षेत्रको नापनक्सा बाँकी हाल भईरहेको ।
५. नापि सम्पन्न भएका वडा हरुको database निर्माण गरी नक्सा बनाउने कार्य ।
६. लगभग ८००० जति कित्ताको database निर्माण कार्य सकिएको ।
७. वडा नं. १ बिजौराका ७ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासीका जग्गाधनि प्रमाण पुर्जा तयार गरियो ।
८. नक्सा निर्माण भईसकेको क्षेत्रको हकदावी, दावी बिरोधको लागी १५ दिने र ७ दिने सुचना प्रकाशन गर्ने कार्य गरियो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा
- गोदावरी भित्रका ८५० जनालाई अपाङ्ग परिचयपत्र डिजिटल कार्ड वितरण ।
- जेष्ठ नागरिक दिवस प्रत्येक बर्ष मनाइदै र निजहरु आर्थिक र जिन्सी सामाग्री सहयोग गर्दै आइको ।
- अति विपन्न परिवारका रुपमा रहेका गिट्टी कुट्नेहरुका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण र सचेतना कार्यकम वडा नं.८, ९,१० का ६५ + ७८ = १४३ जना बालबालिका ।
- सुस्त मनस्थिति मानसिक, सन्तुलन गुमाएका दिदीबहिनीहरुको उद्वार दृष्टि फाउन्टेसन धनगढीमा ब्यावस्थापन तथा संथालाई भौतिक संरचना निर्माण र खाद्यान्न किन्नका लागि प्रत्येक बर्ष आर्थिक सहयोग ।
- हिंसा पिडित महिला तथा बालबालिका सेफहाउस अत्तरियालाई बालबालिका पालनपोषण र हुर्काउनका लागि पोहरसाल ४ लाख र यसपाली ५ लाख आर्थिक सहयोग ।
- गोदावरी ज्येष्ठ नागरिकलाई दिवा सेवा ब्यावस्थापन सँगै ५५० किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि तालिम ।
- १० वाट बाल क्लबका सदस्यहरुलाई खेलकुद सामग्री बितरण ।
- महिला बालबालिका हिंसा न्यूनिकरणका लागि सडक नाटक, जनचेतना मूलक कार्यक्रम संचालन ।
निर्माण सम्बन्धि योजनाहरु
- आर्थिक बर्ष ०७९।०८०मा सडक नाली तथा सडक कालोपत्रे निर्माणको क्रममा २३ ठाउँका लागि ठेक्का सम्झौता भई केही योजना निर्माण सम्पन्न भएको र केही क्रमागत रुपमा अगाढी बढेको । सडक लम्बाई ९.७९ किलोमिटर काम सम्पन्न भएको । पक्की नाली – ४.२ किलोमिटर सम्पन्न भएको । योजनाको लागत १७ करोड ८३ लाख ५० हजार ११९ रकमको ।
- आर्थिक बर्ष ०८०।०८१ का लागि कालोपत्रे सडकका लागि ७ ओटा ठ्याक्का भै सम्झौता भै सकेको १३.८०९ किलोमिटर सडक खण्ड र केही सम्झौता हुन बाकी रहेको । १० करोड ४९ लाख ८३ हजार ७६० रकमको काम भै सकेको र केही काम सम्पन्न हुने तयारीमा रहेको
- संघिय समपुरक अनुदान तर्फ ९.५ करोडको बसन्तपुर बास्कोटा सडक कालोपत्रे भै रहेकोछ ।
- बिषेश संघिय अनुदान तर्फ ८.५ करोडको बृहत खानेपानी परियोजना गोदावरी नगरपालिका वडा न. १० मा निर्माण संचालनमा रहेको ।
- चौकीडाडा खानेपानी आयोजना निर्माण कार्य संचालनमा रहेको छ ।
Culvert Completed ( जम्मा सम्पन्न कर्भर्ट – ११ वटा)
- विजयनगर कल्भर्ट (double cell)
- सुनीखोला कल्भर्ट
- थापा टोल जाने बाटो कल्भर्ट
- हरिनगर कल्भर्ट
- प्रदेशु चौधरीको घर नजिक कल्भर्ट
- बल बहादुर चौधरीको घर नजिक कुलोमा कल्भर्ट
- गेडेपानी कल्भर्ट
- श्री राम आ.वि. नजिक बान्द्रेखाल कल्भर्ट
- पदम बडैलाको घर नजिक कल्भर्ट
- गोडधुवा कल्भर्ट
- बिजौरा-गोडधुवि कल्भर्ट
Culvert Running Project
- बसन्तपुर कल्भर्ट
- बिजौरा चैत्यन्यपुर कल्भर्ट
यस्का अलवा गाउँ टोलको बिकासका लागि उपभोक्ता समिति सँगै ठेक्का प्रणाली द्वारा २० लाख मुनीका दर्जनौ योजनाहरु संचालनमा रहेका छन । साथै प्रत्येक वडाले गौरबको आयोजनाका रुपमा योजना संचालन गरेको नै छ ।
शहरी बिकासको शाखाबाट भएका क्रियाकलापहरु
- ADPको सहयोगमा गोदावरी ३ को जंगलमा अत्याधुनिक प्रबिधिबाट फोहोर मैला ब्यावस्थापन प्रणाली अन्तिम चरणमा ।
- गेटा अस्पताल देखि जोनापुर ५.५ किलोमिटर कालोपत्रे सँगै ९३६ मिटर नाली निर्माण कार्य सम्पन्न
- गेटा अस्पताल देखि लालपुर सडक खण्ड ५.३ किलोमिटर कालोपत्रे सँगै १३९८ मिटर नाली निर्माण कार्य ।
- कथ्था उद्योग देखि जोनापुर सडक खण्ड १.५ किलोमिटर कालोपत्रे सँगै ३२०८ मिटर नाली निर्माण कार्य ।
- लालपुर देखि गौडी सम्म सडकखण्ड १.६ किलोमिटर सँगै २१६२ मिटर नाली निर्माण कार्य ।
- चौकीडाडा देखि चाक्लेखोला सडकखण्ड १.९१ किलोमिटर कालोपत्रे सँगै २५६१ मिटर नाली निर्माण कार्य ।
- सृजननगर नमस्ते होटेल गल्लीमा ४२० मिटर कालोपत्रे सँगै १०४० मिटर नाली निर्माण कार्य ।
- चौकीडाडा महिला समूदाय वन समितिको २ कोठे भवन निर्माण ।
- वडा न. ५ को माछापालन अगाढी नाली निर्माण कार्य ।
- रिङरोड गेरेपानी नाली निर्माण कार्य ।
- वडा न. १ को जितपुर शिबिरमा नाली निर्माण कार्य ।
- खानेपानी/सिचाईका लागि सल्लीचापमा न्वालो निर्माण कार्य ।
- गेटा युवाक्लब (माछापालन पछाडी) को खेल मैदानमा पर्खाल निर।माण कार्य ।
- वडा न, १ र २ मा घर न. जडान कार्य ।
फोहोरमैला ब्यावस्थपन तर्फः-
- गोदावरी नगरपालिका वडा न. १,२,३,४,५,६,७ र ८ को मूख्य बजार क्षेत्र तथा छेउछाउका टोल, बस्तीहरुको फोहोरमैला व्यावस्थापनको कार्य साझेदार संस्था मातृभूमि समाज प्रा.लि.द्वारा हुदै आएको ।
- दैनिक रुपमा दमकल र ट्याक्टर द्वारा अत्तरिया चोक देखि धनगढी रोडमा गेटा सम्म बिहान बेलुका पानी हाल्ने कार्य हुदै आएको ।
- अत्तरिया चोकका त्रिकोण चारवटै ठाउँमा रेलिङ निर्माणगरी माटो भरान गरेर गौसालाबाट मल हाली बोट बिरुवा तथा चाईनिज दुबो लगाउने कार्य सम्पन्न ।
- अति आवश्यक भएको महेन्द्रनगर रोड – पहाडरोडका केही ठाउँमा नाली सफा गर्ने काम गरिएको ।
रोजगार सेवा केन्द्रबाट प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगत यसपाली सम्पन्न भएका योजनाहरु
- १ बर्ष अगाडी ११७ जनाले बिभिन्न वडामा १०० दिन बराबर काम गरेर स्वरोजगार बनेका थिए भने यस पाली कुनै ठाउँमा काम सम्पन्न भै सकेको र कुनै ठाउँमा निर्माण हुदै गरेकोले करिब २०० जना स्वरोजगार बनेका छन ।
- यार्ड नेपाल र गोदावरी नगरपालिकाको साझेदारी बाट मन्टेश्वरी तालिम २० जना, ब्यावसायिक लेखा बिधि २५ जना, शिक्षक तालिम २० जना, नर्सरी ब्यावस्थापन १० जना, डिजिटल मार्केटिङ १५ जना, ग्राफिक डिजाईन १५ जना लाई तालिम दिईएको छ । भनि प्रत्येक वडामा बिभिन्न प्रकारका छोटो अबधिका स्वरोजगार मूलक तालिम सम्पन्न भएका छमन ।
- गोदावरी नगरपालिका र व्यावसायिक तथा सिप बिकास केन्द्र धनगढीको सहकार्यमा ३ महिने आल्मुनियम फेब्रिकेटर तालिम सम्पन्न ।
- यस पालिकाबाट ३० जनालाई पुन.श्रम स्वीकृतिका लागि सहयोग ।
- पोहरसाल मुख्य सडक तथा शहरी क्षेत्रहरुमा सरसफाई तथा ढल निकास योजना थियो भने यसपाली तल्लो चैतन्यपुर मन्दिर र चैतन्यपुरको नवदुर्गा भगवति मन्दिर निर्माण र वडा न. १ को कार्यालयको घेरबार र गोदावरी नदिमा तटबन्धन
- वडा नं. २ भित्रका विभिन्न सडकका नाली निर्माण
- वडा न. ४ को काठा देखी अमेल्सेनी सम्म घोरेटो बाटो मर्मत तथा काठा ४ विधालय देखी फुलबस्ती सम्म जाने सडक मर्मत सम्भार, गोदावरी, अर्धनारेश्वर, दामदरे सडक मर्मत र यसपाली भगवति आ. वि.मा घेरावार निर्माण तथा मर्मत कार्य र “चाँदनी आ.वि काठाको पर्खाल मर्मत तथा निर्माण”
- वडा न. ६को ओम शान्ती जाने बाटोमा पक्की नालि निर्माण र नर बहादुर साउदको घर नजिकको बाटोमा वाल सहित ग्राभेल
- वडा न. ७ को अधुरो ढल निकास जमुनानगर, भगि लुहारको घर देखि पल्लो कल्भर्ट सम्म ढल निकास
- वडा न. ८ को “करेजु चौधरीको घरदेखी महेन्द्र राजमार्ग सम्म दोहोरो नालि निर्माण” र फकलपुर टोलमा नाली निर्माण
- वडा नं. ९ का विभिन्न ठाउँमा सडकको नाला निर्माण तथा मर्मत योजनाहरु
- वडा न. १० मा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगत यस वडामा सडक संन्जाल सबै जनता सामु पुर्याउनको लागि करिब २ किलोमिटर सडकको नयाँ ट्र्याक खोलेको छ ।
- वडा नं. ११ का विभिन्न नयाँ ट्रयाकका योजनाहरु
- वडा न. १२ को बहचले आ वि देखी नरसिह सल्ली जाने बाटो निर्माण र यसपाली जडे खोला देखी असुवागडा सम्म कुलो निर्माण तथा मर्मत कार्य , बहचले आ वि देखी धप्रेनी सम्म गोरेटो पैदल मार्ग निर्माण तथा मर्मत र गोपाल डाँगीको घरदेखी सीम सम्मको गोरेटो पैदल मार्ग निर्माण कार्य ।
बिपत शाखा अन्तरगत
- पालिका भित्र बिभिन्न माध्यमबाट बिपद प्रभावित २०० बढी ब्यक्तीलाई आर्थिक सहयोग ।
- बिपद सम्बन्धि ऐनकानुन कार्यान्वयन र निति निर्माण पुर्बतयारी र प्रतिकार्य पुनः लाभको काम ।
- नगर प्रमुखको अध्यक्षमता नगर र वडा स्तरिय बिपत समितिहरु गठन गरी सक्रिय अबस्थामा तयार ।
- पालिका भित्र बिपद सम्नन्धि नदी खोलाहरुमा तटबन्धन निर्माण कार्य संचालनमा ।
- पालिका भित्र कुन क्षेत्रमा जोखिम क्षेत्र छ पहिचान गरी सुरक्षित स्थन पहिचान गरेको ।
- बिपदका लागि बिभिन्न खाले पुर्बतयारी प्रतिकार्य अबस्थामा रहेको ।
- श्रक्रमण खाले रोग प्रतिरक्षा सम्बन्धि कार्यका लागि आबश्यक प्रबन्ध ।
- स्थानिय स्तरमै आपतकालिन कार्य स्थापना तथा सक्रिय अबस्थामा ।































