कांग्रेस बैतडीकाे पालिकासंग अन्तरक्रिया सञ्चालनमा

Image
Nisarga Hospital

बैतडी: नेपाली कांग्रेस बैतडीले पालिकासंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेकाे छ। जिल्ला कार्यसमितिले पालिका कार्यसमितिसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेकाे नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताउनुभयाे।

CP Hospital Dhangadhi

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दकाे नेतृत्वमा जिल्लाका १० वटै स्थानीय तहमा रहेका गाउँ र नगरकार्यसमितिसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेकाे हाे।
हालसम्म जिल्लाकाे पाटन नगरपालिका,सुर्नया र दाेगडाकेदार गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ।
संगठन सुदृढीकरण,क्रियाशील सदस्यता र पार्टी बलियाे बनाउनेबारे अन्तरक्रियामा छलफल भइरहेकाे नेपाली कांग्रेस बैतडीका सचिव देवराज जाेशीले बताउनुभयो ।

दाेगडाकेदारमा सम्पन्न अन्तरक्रियामा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले कांग्रेस जिम्मेवार पार्टी रहेकाले एकढिक्का हुनुकाे विकल्प नरेहेकाे बताउनुभयो। उहाँले भन्नुभयाे,”पार्टी बलियाे हुन एकढिक्का हुन आवश्यक छ। गुट उपगुट अन्त्य हुनुपर्दछ।”
संगठनलाई चलायमान बनाउन अन्तरक्रिया,छलफल,प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदै सभापति चन्दले युवाहरूको कांग्रेसप्रति आकर्षक बढाउनुपर्नेमा जाेड दिनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जनप्रतिनिधि बन्न जुनसुकै पार्टीबाट चुनाव लडेपनि जितेपछि सबैकाे अभिभावक बन्नुपर्ने उहाँले बताउनुभयो । दाेगडाकेदार गाउँकार्यसमितिकाे कार्यालय श्रीकाेट खिरेगाउँमा पार्टीका पालिका सभापति नन्दराज भट्टकाे अध्यक्षता कार्यक्रम सम्पन्न भएकाे थियाे। कार्यक्रममा जिल्ला कार्यसमितिका सभापति चन्द,पुर्व सभापति नरेन्द्रसिंह थापा,सचिव देवराज जाेशी,सहसचिव दिपेन्द्र चन्द र पार्टीका पालिका कार्यसमिति, भातृ,सुभेच्छुक संस्थाका प्रतिनिलगायतकाे उपस्थिति रहेकाे थियाे।

Dhnagadhi & Krishanapur