बझाङका मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालियो

Image
Nisarga Hospital

बझाङका मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ । बैशाख १५ गते हुन लागेको उपनिर्वाचनलाइ ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमन÷निरीक्षण कार्यको अनुगमन थालेको हो ।

CP Hospital Dhangadhi

बझाङ क्षेत्र नम्बर १ भित्र रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन÷निरीक्षण कार्य सुरु गरिएको प्रमुख जिल्लमा अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिनुभयो । अनुगमनको क्रममा आज खप्तड छान्ना गाउपालिकामा रहेका पाटादेबल, घाटखोला, लामातोला, कालुखेती, दारु गाउमा रहेको मतदान केन्द्र र जयपृथ्बी नगरपालिका वडा नम्बर ७ को सुबेडामा रहेका मतदान स्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो ।

निर्वाचनको तयारी स्वरूप जिल्लामा तोकिएका मतदानस्थल र मतदान केन्द्रको तीन ओटै सुरक्षा निकाय सहितको सहभागीतामा अनुगमन÷निरीक्षण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कुइकेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“मतदानस्थल र केन्द्रको भौतिक अवस्था, सुरक्षा संवेदनशीलता लगायतका पक्षमा अनुगमन गरिएको छ, मतदानस्थल र मतदान केन्द्र अपाङ्गमैत्री छन् कि छैनन् ? सुरक्षा संवेदनशीलताका के छ ? भन्ने विषयमा अध्ययन गरेका छौँ । त्यहीअनुसार निर्वाचनमा अगाडि बढ्छौँ ।”

nawajiwan
Attariya Hospital

अनुगमन गरेको ठाउँमा मतदानस्थल र मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिइएको र समस्या देखिएका ठाउँमा सम्बन्धित तहलाई समाधान गर्न आग्रह गरिएको छ ।

बझाङको प्रदेश सभा १ (क) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको गरिएको छ। बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरीने छ । बझाङको निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गरीने प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री समेत रहेका प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा निधन भए पछि रिक्त रहेको प्रदेश सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।