“संविधान देखाउने दाँत मात्रै भएको छ, पूर्ण कार्यान्वयन हुन सकेको छैन” – अध्यक्ष ओझा

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संविधान देखाउने दाँत मात्रै भएको र पूर्ण कार्यान्वयन हुन नसकेको बताएका छन् ।

CP Hospital Dhangadhi

युनिसेफ नेपालको सहयोगमा जोरायल गाउँपालिकाले मंगलबार आयोजना गरेको बाल संरक्षणका क्षेत्रमा र बाल विवाह अन्त्यका लागि गरेका पहल बारे सरोकारवाला सङ्गको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।

उनलेे भने-“संविधान देखाउने दाँत मात्रै भएको र कार्यान्वयनको चरणमा जान सकेको छैन, संविधानले भने अनुसार हामीले पनि गाउँपालिकामा नीति, नियम, कानुन त बनाएका छौं । संविधानमा पनि विभिन्न हक अधिकारका कुरा लेखिएको मात्रै छ । कार्यान्वयन हुन गाह्राे भएको छ ।”

nawajiwan

यद्यपि मौजुदा कानुन कार्यान्वयनमा जोरायल गाउँपालिका प्रतिबद्ध रहेको र सबै वडाहरु, विषयगत शाखाहरु प्रतिबद्ध भएर लाग्ने उनलेे बताए ।
यसैगरी गाउँपालिकाभित्र बालबालिकाको क्षेत्रमा गरिने कुनै पनि कार्यक्रम गर्दा बालबालिकालाई नै नेतृत्व गर्न दिनुपर्ने र त्यसले बालबालिकाको नेतृत्व क्षमता विकास हुनेमा उनको जोड थियो ।
यसैगरी जोरायल गाउँपालिकाभित्र नकु गाउँ लगाएत केही अरु ठाउँमा रहेका छाउपडी गोठ प्रहरी प्रशासनको सहयोगबाट भत्काउने उनलेे बताए ।

Attariya Hospital

कार्यक्रममा बोल्दै घण्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक लाल बहादुर कुँवरले विद्यालयमा पढ्दापढ्दै उमेर नपुगी अहिलेसम्म पनि बाल विवाह भैरहेको बताए ।
यसैगरी केही विद्यार्थीहरु धूम्रपानको कुलतमा पनि रहेकोे पाइएको उनलेे बताए ।
विद्यालयलाई शान्ति क्षेत्र र बालमैत्री विद्यालयको अवधारणा असाध्यै राम्रो भएता पनि घरायसी वातावरण, सामाजिक वातावरणका कारण अहिलेकै अवस्थामा मनोविज्ञानका आधारमा पठनपाठन गराउने वातावरण तयार भैनसकेकोले कहिलेकाही रिसाउने, हप्काउने, दण्ड सजाय नदिइ नहुने खालको परिस्थिति रहेको पनि बताए ।

बालबालिका र शिक्षाको क्षेत्रमा सुधार गर्न शिक्षक, विद्यार्थी अभिभावक र सरोकारवाला सबै मिली केही थप सिर्जनात्मक प्रयास गर्न आवश्यक रहेकोमा उनलेे जोड दिए ।
कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका स्तरीय बाल क्लब संजालका अध्यक्ष लोकेश साउँदले बालक्लब संजालमा बस्ने व्यक्तिहरु निष्क्रिय हुने गरेकोले उद्देश्य अनुसार अगाडि बढ्न नसकेको बताए ।
जोरायल गाउँपालिकाले बालबालिकाको क्षेत्रमा गर्दै आएका कामको लागि धन्यवाद दिदै आगामी दिनमा दुरदराजका बालबालिकालाई समेट्दै अझै प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने बताए ।

युनिसेफ नेपालको सहयोगमा जोरायल गाउँपालिकामा संचालित बाल संरक्षण कार्यक्रमको आ.व. २०८०/८१ मा संचालित कार्यक्रमको समिक्षा एवं गाउँपालिकाको बाल विवाह अन्त्यका लागि स्थानीय रणनीति २०७९ को कार्यान्वयनको समेत समिक्षा गरिएको कार्यक्रममा प्रतिक्रिया दिदै जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले रणनीति अनुसार क्रमिक ढंगले काम भैरहेको बताइन् ।
कार्यक्रममा पत्रकार तथा सहजकर्ता झलक पालीले बाल संरक्षण, बाल विवाह अन्त्य, यसका कानुनी प्रावधान र कार्यान्वयनको अवस्था बारे प्रस्तुतिकरण गरेका थिए ।

जोरायल गाउँपालिका, महिला तथा बालबालिका शाखा प्रमुख तुलसी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमुख अतिथि रहेका थिए भने कार्यक्रम संचालन बाल संरक्षण अधिकृत डम्मर बोहराले गरेका थिए ।
जोरायल गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न विद्यालयका शिक्षक, बाल क्लब संजाल, युवा प्रतिनिधि, सामुदायिक विकास मंच नेपालका प्रतिनिधि पत्रकार लगाएतको सहभागिता रहेको थियोे ।