दौड बाटै सुदूर चिनाउदै सिगासकी देबकी,३००० मिटर दौड  १० मिनेट ५२.८२ सेकेन्डमै पार गरी प्रथम स्थान

Image
Nisarga Hospital

बैतडी:काठमाडौंमा जारी १४औं केन्द्र स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथलेटिक्स तर्फको ३००० मिटर दौड प्रतियोगितामा बैतडी जिल्लाको सिगास गाउँपालिका बाट सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेकि छन्।देवकीले ३००० मिटर दौड प्रतियोगितामा १० मिनेट ५२.८२ सेकेन्डमा पार गर्दै प्रथम बनेकी हुन।

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिका स्थित वडा नम्बर ०२ धौलाडी घर भएकि भएकी देवकी शिवलिङ्ग मावि धौलाडीमा अध्ययनरत छन्।उनि गाउँमै हुर्किएर गाउँमै पढिरहेकि छन्।उनलेे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका स्तरीय हुदै जिल्ला र प्रदेशमा प्रथम स्थान हासिल गरे पछि केन्द्रीय स्तरीय प्रतियोगिताको लागि छनौट भएकि थिइन।

दुर्गम सिगासमा जन्मिएकि देवकीले दौड प्रतियोगितामा  ३००० मिटर १० मिनेट ५२.८२ सेकेन्डमा पार गर्दै जुनियरतर्फ रेकर्ड राख्न सफल भएकी छन।

nawajiwan