
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को बास्कोटा क्षेत्रमा बास्कोटा देखि खैराना, खानेपाटी ट्याङ्की हुदै अन्य क्षेत्रमा ६.७७ किलोमिटर सडक कालोपत्रे सँगै ४ ठाउँमा कल्भर्ट निर्माण कार्य आज बाट सुरु भएको छ ।

गोदावरी नगरपालिका र सँघिय सरकारको ५०-५०% रकमको आर्थिक सहयोगमा बन्दै गरेको सडक खण्डमा आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले पुजाआजा सहित शिलन्यास गरेका हुन ।

९ करोडमा ठेक्का आह्वान गरेको नगरपालिकाले बिडिङ हुदै गर्दा ६.५ करोडमा ठेक्का प्रक्रियाबाट सडक तथा कल्भर्ट निर्माणको काम आज बाट सुरु भएको हो ।

जगदम्बा निर्माण सेवाले पारेको ठेक्काबाट यस क्षेत्रमा ६ हजार ७७७ मिटर ग्राभेल हुदै कालोपत्रे र ४ ठाउँमा कल्भर्ट निर्माण गर्नु पर्ने जानकारी प्रो.प्राईटर सन्तोश जोशीले बताएका छन ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले, “चुनावको समयमा गरेका बाचाहरु लाई हामीले क्रमिक रुपमा अगाढी बढाउदै जादा पालिकाको ५०% र संघिय सरकारको ५०% बाट निर्माण कार्य सुरु भएको छ । जुन मेरो कार्यकालमा सबै ठाउँमा कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य सहित अगाढी बढेको बताएका छन ।”
तेस्तै गरी शिलन्यास कार्यक्रममा बोल्दै वडा न. ४ का वडा अध्यक्ष हेम प्रकास मल्लले भने,” यस बास्कोटाबाट जनताले मन्त्री सम्म बनाए तर उहाँहरुले बिकास गर्न सकेनन, अहिले हाम्रो मेयर सापको पालामा केन्द्रमा धाउदा धाउदा केही राहात सहित यस ठाउँमा सडक निर्माणका लागि काम बन्ने भएकोले सबैले यस ठाउँको विकासमा सहयोग गरी दिन समेत आग्रह गरेका छन ।
शिलान्यास कार्यक्रममा बोल्दै गोदावरी ४ का पदम बहादुर बलायरले बास्कोटाको बाटोमा धुलाम्मे र हिलाम्मे भएर हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरे । “हामीले यो बाटोमा हिँड्दा धुलोले लुगा लगाउन नमिल्ने हुन्थ्यो,आँगनमा लाएको तरकारी धुलाम्मे हुन्थ्यो अब त्यो समस्याबाट मुत्त भईन्छ भन्ने आसा जागेको छ ।
उनले भने ।” बलायरले काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । त्यस्तै स्थानीय डम्मरी जोशीले बास्कोटा बासीको ठुलो सपनाको रुपमा रहेको उत्त बाटो कालोपत्रे हुने भएपछी आफुलाई खुसी लागेको बताईन् । उनले वर्षौदेखी आफुहरु कालोपत्रेका लागि लागे पनि सफल नभएको भन्दै वडा अध्यक्ष र नगर प्रमुखलाई धन्यवाद दिईन् ।
शिलान्यास कार्यक्रममा आफ्नो भनाई राख्दै वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले साढे ६ करोडको योजना आफ्नो वडामा परेको भन्दै खुसी व्यत्त गरे । उनले बास्कोटा,खैराना हुँदै बसन्तपुर जोड्ने उत्त सडक कालोपत्रे भएमा स्थानीयलाई सहज हुने भन्दै घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने अवस्थाको अन्त्य हुने बताए ।
उत्त बाटो कालोपत्रे भएमा स्थानीयलाई आवतजावतमा सहज हुने भन्दै उनले समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । वडा नम्बर ४ भित्र धेरै विकटता रहेको बताउँदै भट्टले आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताए ।

































