
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा मेयर संग जेष्ठ नागरिक कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मी सँग अभिमुखीकरण सम्पन्न भएको छ ।

स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले ब्यावर वाचन गरी उद्घाटन गरेका हुन । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थी, स्वास्थ्य अधिकृत बिर बहादुर कुवर लगायत, पालिका भित्र कार्यतर स्वास्थ्य कर्मीहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्यकर्मी सँग अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले भने,”जेष्ठ नागरिकको हितका लागि जेष्ठ नागरिक कल्याणकारी कामहरु थालनी गर्न लागेको बताएका छन । जेष्ठ नागरिकको अनुभव, सल्लाह सुझाव र आर्शिवादले नयाँ पुस्तालाई सहि मार्गमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउँदै यस्तो पूण्य काम गरेको र यसपाली पनि हामीले उक्त कार्यक्रमलाई अगाढी बढाएको बताएका छन ।”

नगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा ज्येष्ठ नागरिक प्रत्यक्ष सहभागी हुन नसक्ने हुँदा तिनका विचारलाई पालिकाको हितमा सदुपयोग गर्न ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम ल्याउन लागिएको हो ।
यो अभियान अन्तर्गत सबै वडामा ६० बर्ष माथिका जेष्ठ नागरिकहरु को ब्ल्ड प्रेसर, सुगर, अक्सिजन लेभल परिक्षण गर्ने र अवस्यकता अनुसार उपचार गर्ने स्वास्थ शाखाले जनाएको छ ।
शाखाका प्रमुख नबराज अबस्थीका अनुसार वडामा खटिने स्वास्थका कर्मचारीहरुले आफ्नो समय मिलाएर वडा मै गएर स्वास्थ चेकजाँच गर्ने छन् ।त्यसैगरी ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने र सरकारले तोकेका औषधि सबै निःशुल्क वितरण गरिने स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ ।


































