विश्व औलो दिवसको अवसरमा समुदायमा औलो परिक्षण

Image
Nisarga Hospital

धनगढी ः विश्व औलो दिवसको अवसरमा समुदायमा पुगेर औलो परिक्षण गरी मनाइको हो । विश्व औलो दिवस २०२४ को अवसरमा स्वास्थ्य कार्यलय कैलालीको आयोजनामा धनगढीको वडा न १० स्थित जय गुरु गणेश ईट्टा उधोग घुइयाघाटका ७८ जना कामदारहरुको औलो परिक्षण गरियो हो । त्येसैगरी धनगढी वडा न १२ जुगेडा सि गाउमा समुदाय स्तरमा १०० जनाको पनि औलो परिक्षण गरी जम्मा १७८ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मिन ब।धामिले बताए । परिक्षणको क्रममा १७८ जना सेवाग्राहीले लाभ लिएका थिए । सेवा लिने सेवाग्राहीहरुको परिक्षणको नतिजा सामान्य रहेको थियो । औलो रोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य रहेको हेल्थ असिस्टेन्ट धामिले बताए । विश्व औलो दिवस हरेक वर्ष अप्रिल २५ मा मनाइन्छ । औलो रोगका स्थानीय विरामीहरु देखा परिरहेका छन् जसले गर्दा सन् २०२५ सम्ममा यो रोगलाई निवारण गर्ने लक्ष्यको प्राप्तिमा चुनौती थपिएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital