पद्मा हेल्थ कलेजद्वारा उद्घोषण एबम् व्यक्तित्व विकास तालिमको सम्पन्न

Image
Nisarga Hospital

धनगढीः पद्मा हेल्थ कलेजको आयोजनामा शुक्रबार धनगढीमा उद्घोषण कला तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ। तालिमको उद्घाटन गर्दे सुदूरपश्चिम प्रज्ञा (प्रतिष्ठानका उपकुलपति डा।टीएन जोशीले विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभाको विकासका लागि तालिम फलदायी हुने बताए। उनले पढाइका साथसाथै विद्यार्थीहरूले आफ्नो व्यक्तित्व विकासमासमेत ध्यान दिनु आवश्यक भएको बताए। 

CP Hospital Dhangadhi
Attariya Hospital

पदमा हेल्थ कलेजका अध्यक्ष तथा समाजसेवी गजेन्द्रवीर चन्दको सभापतित्वमा सम्पन्न तालिममा सुदूरपश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख तथा प्रमुख प्रशिक्षक योगराज गौतम र राष्ट्रिय उद्घोषक केपी कलौनीले प्रशिक्षण दिनु भएको छ। तालिममा चालिस विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा पदमा हेल्थ कलेजका क्याम्पस प्रमुख डा।सन्तोष पाण्डेयले स्वागत मन्तव्य राखेका थिए भने कलेजका प्रशासकीय अधिकृत नवराज पन्तले कार्यक्रम सञ्चालन गरेका थिए।

nawajiwan