कफलकट्टेश्वर आविले स्वर्ण जयन्ती तथा पूनर्मिलन कार्यक्रम गर्दै, पूर्व मन्त्री आलेले समुद्घाटन गर्ने

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल गाउँपालिका २ छतिवनमा रहेको कफलकट्टेश्वर आधारभूत विद्यालयले भव्यताका साथ स्वर्ण जयन्ती तथा पूनर्मिलन कार्यक्रम मनाउने भएको छ ।

CP Hospital Dhangadhi

यहि बैशाख २१ गतेदेखि २३ गतेसम्म मनाउन लागिएको कार्यक्रमको पूर्व सँस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री एवं प्रतिनिधी सभा सदस्य प्रेम बहादुर आलेले समुद्घाटन गर्ने कार्यक्रम तय भएको सो विद्यालयका प्रधानाध्यापक रन बहादुर जेठाराले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको उनले बताए ।

पहिलो दिन शुक्रबार कार्यक्रम समुद्घान शत्र सहित सम्मान कार्यक्रम, दोश्रो दिन शनिबार पनि रहेकाले विविध साँस्कृतिक कार्यक्रम सहित सम्मान कार्यक्रम र तेश्रो दिन समापन कार्यक्रम सहित सम्मान कार्यक्रम जोडिने स्वर्ण जयन्ती तथा पूनर्मिलन कार्यक्रम मूल आयोजक समिति संयोजक अर्जुन बोहराले जानकारी दिए ।

nawajiwan
Attariya Hospital

सम्मान गरिनेहरुमा विद्यालयमा अक्षयकोषदाता, जग्गादाता, आर्थिक सहयोगदाता लगाएत विशिष्ट योगदान पुर्याउने सँस्था तथा व्यक्तिहरु रहेको उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर जेठाराले बताए ।

कार्यक्रमको पूर्वसन्ध्यामा विद्यालयले सहयोग आह्वान गरेकोमा राम्रै सहयोग प्राप्त भएको र सम्पूर्ण सहयोग दातामा विद्यालयका प्रअ जेठाराले कृतज्ञता पनि व्यक्त गरेका छन् ।

साथै कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सम्पूर्ण अभिभावक, चन्दादाता, शिक्षाप्रेमी, विद्यार्थी, समाजसेवी, व्यापारी, पूर्व शिक्षक तथा विद्यार्थी, सञ्चारकर्मी, स्रष्टा सर्जकहरु र आम सरोकारवालाहरुमा रचनात्मक सहभागिताका लागि विद्यालयले आमन्त्रण समेत गरेको छ ।

आवासीय समेत रहेको उक्त विद्यालयमा हाल कक्षा ८ सम्म पठनपाठन भैरहेको र दुइ सयभन्दा बढी विद्यार्थी रहेको जनाईएको छ ।
वि.सं. २०२० सालमा स्थापना भएको विद्यालयले अवधिका हिसाबले ६० वर्ष पूरा गरिसकेको छ ।