पाँच दिने उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न

Nisarga Hospital

धनगढी ः कैलारी गाउँपालिकामा ५ दिने उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । मुक्त कमैया महिला विकास मञ्च कैलालीको आयोजना तथा लुथरन विश्व फेडरेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्तर्गत उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न भएको हो । कैलारी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका समूहहरु मध्येबाट २० जना सहभागीहरुलाई छनौट गरी उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माण सम्बन्धी तालिम दिईएको हो ।
आईतबारदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिमको सहजीकरण मुख्य प्रशिक्षक पंकजबहादुर देउवा र मुक्त कमैया महिला विकास मञ्चका कर्मचारी राम भरोसे चौधरीले गरेका थिए ।
मुक्त कमैया महिला विकास मञ्चका सम्पर्क व्यक्ति कौशिला चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि तालिमका मुख्य प्रशिक्षक पंकज बहादुर देउवा रहेका थिए । समापन कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।

CP Hospital Dhangadhi
Attariya Hospital