
जयपृथ्बी नगरपालिकामा नगर स्तरीय बाल भेला सम्पनन भएको छ । प्रगतिशील युवा समाज ,वल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारी र जयपृथ्बी नगरपालिकाको समन्वय र सहकार्य मा हिजोबाट सुरु भएको ’नगर स्तरीय बाल भेला कार्यक्रम’ आज सम्पनन भएको हो । प्रगतिशील युवा समाज ,वल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित बाल संरक्षण परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

२ दिन सम्म सञ्चालित भेलामा स्थानीय सरकारको योजना निर्माणका सात वटा चरणहरू तथा बाल सहभागीता एबम बाल क्लबको जिम्मेवारी सम्बन्धी छलफल गरिएको थियो ।

भेलामा शरीर नक्साङकन,मन पर्ने नपर्ने,जोखिम नक्शाङकन र नगरपालिकाको परिकल्पना सहितको चार ओटा औजारहरू प्रयोग गरी बालबालिकाका सबल र योजनाहरू छनौट गरिएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा नगर बाल क्लब सँजालका अध्यक्ष अर्जुन जोशीले बिगतमा नगरपालिकाले बालबालिकाका सबाल तथा योजनाहरूमा ध्यान नदिएकोले बालक्लबहरू सक्रिय हुन नसकेको बताउनुभयो । साथै आगामी आर्थिक वर्षमा बाल भेलाले छनौट तथा प्राथमिकता गरेका योजनाहरु नगरपालिकाले समावेश गर्नेमा आशावादी रहेको जोशीको भनाइ छ ।

यता आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि जयपृथ्बी नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा वडा नम्बर १० का वडा अध्यक्ष पुष्प बहादुर सिंहले यो भेलाबाट उठेका ममत्वपूर्ण कुराहरू आफूले नगरपालिकामा जानकारी गराउने बताउनुभयो । बैठकमा महत्वपुर्ण कुराहरु उठेकाले यसमा आफू पनि गम्भीर रहेको उहाँको भनाइ छ ।
यता बाल भेलाबाट छनौट तथा प्राथमिकरण गरिएका योजनाहरू आगामी बाल अधिकार समितिको बैठक मार्फत नगरपालिकालाइ हस्तान्तरण गरीने फिल्ड संरक्षण अधिकृत विनोद थापाले बताउनुभयो ।
दुई दिन सम्म चलेको भेलामा नगरपालिका स्तरीय बाल क्लब, बाल सञ्जाल, तथा वडा स्तरीय बाल क्लब सञ्जालबाट ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहजिकरण सामाजिक परिचालक राम बहादुर सार्की र फिल्ड संरक्षण अधिकृत विनोद थापाले गर्नुभएको थियो ।

































