
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न ५ को गेटा मेडिकल कलेजको पछाडी बिजौरामा अत्याधुनिक स्तरको स्वास्थ्य आपुर्ती केन्द्रको निर्माणको अन्तिम चरणमा पुगेको छ ।

सेभ द चिण्ड्रेन र सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा ३ करोड २३ लाख ५६ हजार १०२ रुपैयाँको हाईटेक डेभलपर्स प्रा. लि. सँग निर्माणको लागि ठेक्का सम्झौता भएको र अहिले सिभिल संरचानको निर्माणको ७५ % काम अगाढी बढेको जानकारी सेभ द चिल्ड्रेनका कन्ट्रसन म्यानेजर आनन्द सापकोटाले बताएका छन ।

गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश बाट निर्माणको क्रममा अनुगमन हुदै गर्दा यस सुदूरपश्चिमका लागि आवश्येक पर्ने औषधि, ईन्जेक्सन, लगायतको भण्डारणका लागि यो भवनको अति आवश्येक रहेको र अहिले निर्माणको अन्तिम चरणमा काम द्रुत गतिमा अगाढी बढेको जानकारी सुदूरपश्चिमको स्वास्थ्य आपुर्ती केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले बताएका छन ।

स्टिल फ्रेम स्टक्चर भवन निर्माणका लागि सम्झौता भएको ६४ औं दिनमा नै ७५ % सिभिल सम्बन्धि काम सम्पन्न गर्न सफल भएका छौ, सम्झौता अबधि असार मसान्त सम्म निर्माणको काम सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न सक्नेका हामी ढुक्क रहेको जानकारी कन्सलटेन्स साईट ईन्जिनियर प्रकाश बहादुर सिंहले बताएका छन ।
अनुगमनकै क्रममा गदावरी नगर उप प्रमुख शारदा देवी रोकायाले भनिन, “सुदूरपश्चिमकै गौरबको योजना हाम्रो पालिकामा निर्माण हुदै गर्दा हामी गौरबको रुपमा लिएका छौ, यस क्षेत्रमा स्वास्थ्य आपुर्तीमा आई पर्ने समस्या सामाधानका लागि यो केन्द्रको महत्वपूर्ण भूमिका रहने र आगमी दिनमा यस क्षेत्रको विकास र चारैतिर पर्खाल लगाउनका लागि पालिकाले सक्ने सहयोग गर्ने बताएका छन” ।
यस गौरबान्दित प्रदेश आपुर्ती केन्द्रको अनुगमनमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख हरि दत्त भट्ट, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी प्रदेशका प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा निर्माणाधिन भवनको अनुगमन तथा निरिक्षण भएको थियो ।






































