महिला विकास समितिको आयोजनामा तीन महिने सिलाई कटाई तालिम सम्पन्न

Image
Nisarga Hospital

बझाङः जयपृथ्बी नगरपालिकामा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ । महिला विकास समिति जयपृथ्बी नगरपालिकाको आर्थिक सहयोग, सुपर स्टार टेलरको आयोजनामा सञ्चालन भएको तालिम आज सम्पनन भएको हो । नगरपालिका भित्रका महिलाहरूलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ जयपृथ्बी नगरपालिकामा रहेको महिला विकास समितिले सीपमूलक तालिम सञ्चालन गरेको थियो ।

CP Hospital Dhangadhi

तालिम समापनमा बोल्दै जयपृथ्बी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले तिन महिना सम्म सिकेको सिपलाई जीवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उहाँको भनाइ थियो ।

nawajiwan

सोही कार्यक्रममा बोल्दै नगरपालिका नगरप्रमुख चेतराज बजालले यस्ता तालिमले जातीय भेदभाव अन्त्य गर्नुका साथै आय आर्जनमा जोड्रने भएकाले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यावसायिक बन्न आग्रह गर्नुभयो । साथै तालिम पश्चात् अनुगमन गरीने भएकाले सक्रिय रूपमा लागेका महिलाहरूका लागी आगामी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो । सिप सिकाएर नगरपालिकाको विभिन्न ठाउँमा साना उद्योग हरू सञ्चालन गर्ने तर्फ नगरपालिका लागी परेको समेत उहाँको भनाइ थियो ।

Attariya Hospital

समापन कार्यक्रममा बोल्दैे महिला विकास समिति अध्यक्ष रमा देवी जोशीले महिलाहरुलाइ सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरिएको बताउदै तालिमले महिला दिदिबहिनीहरूलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।

तालिममा प्रत्येक वडाबाट एक एक जना गरी ११ जना महिलाहरूको सहभागी रहेको थियो । सहभागी प्रत्येकलाई एक एक थान सिलाई मेसिन समेत प्रदान गरिएको महिला विकास समिति अध्यक्ष जोशीले बताउनुभयो । जयपृथ्वी नगरपालिका महिला विकास समितिको कार्यविधि २०७९ को दफा ३ को उपदफा १ बमोजिम जयपृथ्बी नगरपालिकामा २०७९ साल पुस २१ गते महिलाहरूको हक हितको निमित्त महिला विकास समिति गठन गरिएको थियो ।