बझाङको जयपृथ्बी नगरपालिका जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Image
Nisarga Hospital

बझाङः जयपृथ्बी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरप्रमुख चेतराज बजालले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

CP Hospital Dhangadhi

पालिका खोप समन्वय समितिका संयोजक समेत रहनुभएका नगरप्रमुख चेतराज बजालले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट वञ्चित हुन नहुने बताउनुभयो । खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । नगरपालिकामा अझै एम्बुलेन्स नहुदा समस्या भैरहेकाले आफूले विभिन्न ठाउँमा एम्बुलेन्सको लागी पहल गरीरहेको समेत बताउनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

“राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नैन बहादुर सिंहले बताउनुभयो ।”

कार्य पत्र प्रस्तुत गदै स्वास्थ्य शाखा प्रमुख नैन बहादुर सिंहले जयपृथ्बी नगरपालिकामा १५ महिनाका ३ सय ९० बालबालिका र १६ महिनादेखि ५९ महिना सम्मका १ हजार १ सय ८९ बालबालिकालाई खोप लगाइएको बताउनुभयो । सबैको प्रयासले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको प्रमुख सिंहले बताउनुभयो ।

साथै पूर्ण खोप सुनिश्चितता गर्न सहयोग गर्ने वडाहरुलाइ सम्मान गरीनुका साथै पहिलो वडा घोषणा गर्ने आधारभूत स्वास्थ्य केन्द्र जयपृथ्बी नगरपालिका ४ का बक्त बहादुर ओखेडा र खोप सेवामा उत्कृट काम गरे बाफत आधारभूत स्वास्थ्य केन्द्र नौराका सि अहेव हंस बहादुर भण्डारीलाइ सम्मान गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य स्वयंसेविका लगायतले आगामी वर्षहरूमा पनि यस कार्यलाई निरन्तर राख्न प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभएको छ ।

नगरपालिकाको एक जिल्ला अस्पताल, ५ स्वास्थ्य चौकी, ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ४ वटा सहरी स्वास्थ्य केन्द्र गरी १५ वटा स्वास्थ्य सँस्थाहरूबाट स्वास्थ्य सेवाहरू सहित पालिकामा २० वटा खोपकेन्द्रबाट खोप सेवाहरू प्रदान गरीदै आएको छ ।

जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालन भएको कायृक्रममा,प्रमुख प्रशसासकिय अधिकृत अम्मर राज जोशी,सबै वडाका वडा अधयक्षहरु, कार्यपालिका सदस्य, स्वास्थय कार्यालय बझाङका खोप अधिकृत भानुभक्त जोशी, स्वास्थ्य स्वयम सेबीका , महिला बिकास समिती अध्यक्ष रमा देबी जोशी, दलित बिकास समितीका अध्यक्ष गोबिन्द नेपाली, लगाएत पालिकाका कर्मचारीहरुको उपश्थिती रहेको थियो । जयपृथ्बी नगरपालिका स्वास्थ्य शाखा सिअहेब नरेन्द्र थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा बिभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बझाङमा यो बर्ष पूणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने १२ वटा पालिका मध्य जयपृथ्बी नगरपालिका पहिलो बनेको छ ।

Dhnagadhi & Krishanapur