
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं ३ को आठौ वडा भेला समापन भएको छ । मंगलबार नगर प्रमुख वीरेन्द्र भट्ट को प्रमुख आथित्यतामा भेला भएको हो ।

कार्यक्रममा वडा नम्बर ३ ले आर्थिक बर्ष २०८१/०८२ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । आठौ वडा भेलामा वडा अध्यक्ष तेजराज अवस्थीले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन । अध्यक्ष अवस्थीले सार्वजनिक गरेको तथ्यांक अनुसार नगरबाट प्राप्त भएको बजेट सिलिङ्ग अनुसार आव २०८१/०८२ को लागी जम्मा ७३ लाख १३ हजार ८ सय ५ रुपैयाँ ५७ पैसा रहेको जानकारी दिए ।

वडाले आज आठौं वडा भेलामार्फत पूर्वाधार विकासतर्फ ३३ लाख,सामाजिक विकासतर्फ १६ लाख ८० हजार,आर्थिक विकासतर्फ ११ लाख,विपद व्यवस्थापनतर्फ ५० हजार र अन्यमा कार्यालय संचालनतर्फ ५ लाख २३ हजार ४६७ तथा मागमा आधारित बजेट ६ लाख ७० हजार रुपैँया बराबरको बजेट विनियोजन गरेको हो । वडा नम्बर ३ ले चालु आर्थिक वर्षको बैशाख सम्म २१ लाख १२ हजार ५३८ रुपैयाँ राजस्व संकलन गरेको छ । गोदावरीमा हिजोबाट वडा भेला सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर विरेन्द्र भट्टले आगामि आउने बर्षका लागि बजेट सिमा निर्धारण गर्न अगाडी बढेको बताए । त्यसका लागि नगरका विभिन्न वडामा रहेका नागरिकहरु गुनासा र मागहरु लिनेक्रममा रहेको बताए ।
जननिर्वाचित व्यक्तिबाट सबै कुरा सम्भव नहुने उनको भनाई रहेको छ । गोदावरीमा छाडा चौपाया रोक्नका लागि गौशाला निर्माण गर्दा स्थानीयहरु विरोध गरेको उनको भनाई छ ।सबैको छलफल र हात्तेमालोबाट नै समस्या समाधन हुने मेयर भट्टले बताए ।
स्थानीय सरकार आत्मनिर्भर हुन सकेको छैन् , संघीय सरकारसंग भरपर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘गोदावरी नगरपालिका अन्तरगत रहेको अत्तरिया सडकमा बत्ती बाल्नका लागि पैसा बुझाएको १८ महिना भयो’, उनले भने ‘कागजी प्रक्रिया भईरहेको छ । बत्ती बल्छ ।’ नगरका १२ वटै पालिकामा जग्गा नापीको कार्य सम्पन्न भएको बताउँदै उनले चाडै राष्ट्रिय भूमि आयोगले पुर्जा दिने उनले बताए । नगरको शिक्षा क्षेत्र सुधारका लागि अगाडि बढेको उनले बताए । कार्यक्रममै बोल्दै गर्दा विकासमा केही गरेन भन्नेहरुका लागि मेरो कार्यकालमा जनतालाई एक एक गरी गरेका कामलाई पारदर्शी रुपमा भए नभएको काम देखाएर छाड्ने त बिगतको मेयरसापको ५ बर्षे कार्यकाल भन्दा अहिलेको मेरो २ बर्षे कार्यकालमा बढी र उपलब्धी मूलक काम भएको बताएका छन ।

पछिल्लो समयमा विकास र पूर्वाधारमा एउटा स्थानीय तहसँग अर्को स्थानीय तहलाई तुलना गर्दै हिड्नु युक्ति सँगत नभएको उनले बताए ।
‘हामी सँग बझाङको बुङ्गललाई तुलना गर्यो भने त्यो पनि मिल्दैन, धनगढीलाई काठमाण्डौं महानगरपालिका सँग दाज्नु उपयुक्त हुदैन, तर हाम्रा गाउँले दाजुभाईले धनगढीलाई अत्तरिया सँग तुलना गरेर विकास भएन भनेर सामाजिक संन्जाल देखि नेता कार्यकर्ताको भाषणमा आउने गरेका छन् ।’
धनगढी उपमहानगर पालिकाको आज सातौ मेयरको रुपमा गोपाल हमाल आएका छन, हाम्रो गोदावरीमा चाही दोस्रो मेयरको रुपमा म आएको छु, ३५ बर्ष अगाडि धनगढी उपमहानगरपालिका नगरपालिकाको रुपमा रहेको र अहिले हामी आठौं बर्षमा प्रबेश गरेको नगरपालिकालाई तुलना गर्दा फरक देखिन्छ नै ।
हामी निर्वाचित भएको समयमा देशमा आर्थिक मन्दी भएको अवस्था, पूर्व मेयर सापको पालामा नदीजन्य पदार्थ उत्खननको मुद्दामा ४.५ करोड पालिकाको खाताबाट घट्नु , अहिले आएर केन्द्रिय बजेटमा ३६ प्रतिशतले बजेट सिलिङ घटेर आउनुले विकासमा हामी पछाडी परेको अनुभुती भएको मेयर भट्टले बताएका छन ।
गाउँ टोल बस्ती बस्तीमा समस्या एव् मागहरु असिमित छन, हामी सँग स्रोत साधनको समस्या नै छ, पालिकाले भ्याउन्जेल सम्म काम अगाडि बढाएको सम्बोधनका क्रममा बताएका छन । हामीले २ बर्षको समयमा अत्तरिया धनगढीको झिलिमिली बत्तीलाई मात्र केन्द्रित नगरेर पालिकाकै विकट वडामा विद्युतीकरण गर्न सफल भएका छौ ।’ तेसै गरी दातृ राष्ट्र एडिबीको सहयोग बाट खोला तटबन्धन देखि फोहोर ब्यावस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको समेत बताएका छन ।
वडा न ४ को फुलबस्ती, बेलपानी र वडा न. १२ को चापँसल्लीमा बिद्युत पुर्याएका छौ । अत्तरिया बजारको सौन्दर्यका लागि आवश्ये बजेट बिद्युत प्राधिकरणको खातामा जम्मा गरेको आज १७ महिना काट्दा पनि ६ लेन सडक खण्डमा बत्ती सकेका छैनौ ।’ ६ लेन सडक खण्डमा बत्ती बाल्ने जनताहरुको अनुहारमा खुसी छाउने रहन हामीलाई पनि छ, बिधि र प्रक्रियामा जादा ढिलो चाडो भएको मात्र हो एक दिन अवश्य बत्ती बल्छ, ढुक्क भएर वस्न सुझाव दिए ।


































