बझाङको साइपाल गाउँपालिका र सुरक्षा निकायको टोली द्वारा चिनसँग जोडिएको सिमा नाका र सिमा स्तम्भको अनुगमन

Image
Nisarga Hospital

बझाङः चिनको तिब्बत सँग जोडिएको उरै सिमा क्षेत्रको साईपाल गाउँपालिकाको टोलीले अनुगमन गरेको छ । कोरोना सङ्क्रमणको कारण देखाउँदै बन्द रहेको बझाङ चिन जोड्रने ताक्लाकोट नाका खुले सँगै गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले उक्त क्षेत्रमा अनुगमन गर्नुभएको हो । उपाध्यक्ष तामाङले यही जेठ ७ गते नाका प्रवेश गर्नको लागी अनुमति पत्र समेत लगी सक्नु भएको छ ।

CP Hospital Dhangadhi

तिब्बत सँग सिमा जोडिएको साईपाल गाउँपालिकाको उरै क्षेत्र साथै सिमा स्तम्भको के कस्तो अवस्था रहेको छ भनेर साईपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङ ,जनप्रतिनिधि, सहित नेपाल सशस्त्र प्रहरी बल बझाङको र सिमा प्रहरी धुली चौकीको संयुक्त टोलीले सिमा क्षेत्रमा गएर अनुगमन गरेको हो ।

साईपाल गाउँपालिका रहेको केन्द्र काडाबाट तीन दिन पैदल हिडेर टोलीले उरै नाकाको ५२ सय उचाइमा रहेको पिल्लर नं २ र आसपासको क्षेत्रको अवस्था बुझ बिस्तार गरेको अनुगमन टोलीका प्रमुख गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनु भएको छ ।

nawajiwan
Attariya Hospital

परम्परा देखि आवत जावत हुँदै आएको ताक्लाकोट नाका कोरोना महामारीका कारण २०७६ साल बाट बन्द रहेको नाका गाउँपालिका लगाएत विभिन्न निकायको सहयोग पछि जेठ ७ गते बाट सुचारुको लागी अनुमति पाएको छ ।

टोलीले सिमा क्षेत्रको अनुगमन साथै त्यस क्षेत्रमा यार्सागुम्बा टिप्न गएका मान्छेहरूको अवस्था के कस्तो छ भनेर पनि बुझबिस्तार गरेको बताइएको छ । बझाङको चिन सँग जोडिएको ताक्लाकोट नाका देशका अन्य नाका भन्दा त्रिदेशीय नाकामा सबै भन्दा छोटो नाका मानिन्छ । बझाङको सदरमुकाम चैनपुर बाट उरै नाका सम्मको लम्बाइ करिब १ सय १८ किलोमिटर मात्र रहेको छ ।