
साना तथा मझौला उद्यमीहरु व्यबसायिहरुलाइ बिपद जोखिम हस्तान्त्रण तथा बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरीएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएन ओमनको प्राबिधिक सहयोग र जयपृथ्बी नगरपालिकाको सहकार्यमा रुडुक द्वारा सञ्चालित सहरी बिपद तथा भुकम्पीय पुर्ब तयारी परीयोजना अन्र्तगत उक्त कार्यक्रम गरीएको हो । बिपद पुर्ब तयारी तथा जोखिमको प्रभाब न्युनिकरण गर्न जोखिम स्थानान्त्रणको बिकल्पका लागी बीमा सम्बन्धि सचेतना फैलाउन उक्त कार्यक्रम गरीएको हो ।

उक्त कार्यक्रम पश्चात शहरी बिपद व्यबस्थापनका लागी सँयुक्त रुपमा प्रतिकार्य क्षमता अभिबृद्धि गरी सहकार्य सहित अगाढी बढ्रने, पालिका भित्र हुन सक्ने बिपद जोखिम हस्तान्त्रण गर्ने कार्यमा आपसी सहयोग र सहकार्य सहित बिपद व्यबस्थापनमा हातेमालो गर्ने, पालिकामा बिपद जोखिम बिमा सम्न्धि कार्यबिधी बनाउनका लागी पहल गरी पालिका भित्रका सँरचना तथा व्यापार व्यबसायहरुलाइ थप सहयोग गर्ने कार्यमा उद्योग बाणिज्य सँघले अगुवाइ गर्ने र अन्य सरोकारवालाहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अझै पनि निर्जिब सम्बन्धि बिमा गर्नेको सँख्या जिल्लामा कम रहेकाले पालिका स्तरले पनि यस्ता बिमा तर्फ जोड्रन बिभिन्न कार्य अगाढी बढाउनु पर्ने बताएका छन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख, उद्योग बाणिज्य सँघका अध्यक्ष तथा प्रतिनिधी, होटल व्यबसायी सघ नेपाल रेडक्रस सोसाइटीका प्रमुख तथा प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी लगाएतको उपश्थिती रहेको थियोे । कार्यक्रमको सञ्चालन र प्रस्तुतीकरण युएनडिपी सुपर परीयोजनाका हर्क बहादुर ऐरले गर्नुभएको थियो ।
































