मष्टामा विशेषज्ञ सेवासहितको बृहत एकीकृत स्वास्थ्य शिविर संचालन हुदै

Image
Nisarga Hospital

बझाङ:जिल्लाको मष्टा गाउँपालिका मा बृहत स्वास्थ्य शिबिर संचालन हुने भएको छ ।मष्टा गाउँपालिका वडा नं. ४ को कुलमष्टाजन माबी भातेखोलामा असार ११ र १२ गते स्वास्थय निर्देशनालय डाेटि तथा मष्टा गाउँपालिकाको सयुक्त आयोजनामा शिबिर संचालन हुने भएको छ।

CP Hospital Dhangadhi

शिबिरमा विशेषगरि १२ वटा स्वास्थय सेवाहरु दिने भएको छ।
उपलब्ध सेवाहरु:
१- आँखा उपचार सम्बन्धि सम्पुर्ण सेवाहरु तथा शल्यक्रिया सेवा,
२-जनरल फिजिसियन
३-स्त्री रोग विशेषज्ञ
४-बाल रोग विशेषज्ञ
५-दन्त रोग विशेषज्ञ
६- नाक ,कान घाटि रोग विशेषज्ञ
७-शल्य चिकित्सक विशेषज्ञ
८-हाडजोर्नी नशा रोग विशेषज्ञ
९-छालारोग विशेषज्ञ
१०-मानसिक रोग विशेषज्ञ
११-रेडियोलोजिष्टि साथै भिडियो एक्सरे ,इसिजी ,प्रयोगशाला सेवा ,साथै आयुर्वेद सेवा समेत उपलब्ध गराउने स्वास्थय शाखा प्रमुख देबिचन्द्र थापाले बताउनुभयो ।

Attariya Hospital

विभिन्न खाले बिरामीका लागि महत्त्वपूर्ण शिबिर भएकोले सम्पूर्ण वडाबासीहरुलाई शिबिरमा सहभागी भई लाभान्वित बन्न पनि अनुरोध गर्नुभएको छ ।
विशेषज्ञ सेवासहितको बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
यसका लागि ११ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक शिविरका लागि मष्टा गाउँपालिका आउने भएका छन्। त्यसैगरी, जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत शिविरमा सघाउनेछन्। शिविर सञ्चालन हुने मितिमा बिहान ८ बजेबाट ४ बजेसम्म सञ्चालन हुनेछ।
शिविर पूर्णरूपमा निःशुल्क हुनेछ। शिविरमा ११४ प्रकारका औषधीहरू वितरण गरिने भएको छ।

nawajiwan
Advertize US