बझाङबाट एक जना मानसिक समस्या भएका पुरुषको उद्धार

Image
Nisarga Hospital

बझाङः बझाङबाट एक जना मानसिक समस्या भएका पुरुषको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाइ सदरमुकाम चैनपुर बजारमा बिगत ८/९ महिना देखि बेवारिसे अवस्थामा रहेका अन्दाजी ३० /३२ वर्षीय एक जना पुरुषको उद्धार गरिएको हो । उहाँ सडकमै बस्दै आएका थिए ।

CP Hospital Dhangadhi

जयपृथ्बी नगरपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालय बझाङको पहलमा उद्धार गरी उनलाई साहारा गृह कैलाली बौनियामा पठाइएको छ ।

इन्डियन जस्तो देखिने भाषा नबुझिने, कालो बणर्को मानसिक सन्तुलन गुमाएको पुरुषले बजारमा आतँक मनाएको खबर आएपछि संरक्षण तथा पुनस्थापना ,पुनर्मिलनका लागी साहारा गृह कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपि भरत शाहले बताउनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
Dhnagadhi & Krishanapur