
बझाङः घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा सञ्चालित १० दिने चुरा–पोते बनाउने सिप विकास तालिम सम्पन्न भएको छ ।

स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान भन्ने नारा सहित आर्थिक वर्ष २०८० ८१ को कायृक्रम अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयको सभाहलमा असार ९ गतेदेखि तालिम सुरु भएको थियो ।। तालिममा १७ जनाको सहभागीता रहेको घरेलु तथा साना उद्योग कार्यालय बझाङका सूचना अधिकारी दशरथ बहादुर जर्पेलले बताउनुभयो ।

आज आयोजित समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खडक बोहराले ‘सिकेको सीपलाई व्यवहारमा उतारी महिला आफै आय आर्जनमा लाग्नुपर्ने बताउनुभयो । तालिमले महिलालाई आत्मनिर्भर बन्न सहयोग गर्ने पनि उहाँको भनाइ थियो ।

यता तालिम निकै उपलब्धिमूलक भएको र आगामी दिनमा पनि यस्ता खालको तालिम सञ्चालन गर्नुपर्ने सहभागीहरूले बताएका छन् । तालिममा प्रशिक्षक अञ्जली चन्दले सहजीकरण गर्नुभएको थियो ।
































