
बझाङमा सामुदायिक आपत्कालीन प्रतिकार्य समुहलाइ खोज उद्धार तथा आगलागी नियन्त्रण सम्बन्धी पुनरताजकिय तालिम सम्पन्न भएको छ । बिपत जन्य घटना मा खोज उद्धार तथा आगलागी नियन्त्रण कसरी गर्ने भन्ने विषयमा बुधवार तालिम सम्पन्न भएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग , युएनडिपी युएनओमन,युनिसेफकोे प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था रुडुक द्वारा सञ्चालित सहरी बिपद् तथा भूकम्पीय पुर्ब तयारी सुपर परियोजना अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो ।
प्राकृतिक प्रकोप तथा विपद् पश्चात् जोखिममा परेकाहरूलाई कसरी खोज उद्धार गर्ने र आगलागी भैहाले क्षति हुन नदिन र आगो नियन्त्रणमा लिने तरिका बारे प्रशिक्षक खगेन्द्र राज जोशी र लोक राज जोशीले प्रशिक्षण दिनुभएको थियो ।


कार्यक्रममा सहरी बिपद् तथा भूकम्पीय पुर्ब तयारी परियोजना लागु भएका जयपृथ्बी नगरपालिकाको वडा नम्बर ९ र १० सामुदायिक आपत्कालीन प्रतिकार्य समुहलाइ तालिम प्रदान गरिएको हो । तालिममा रुडुक संस्थाका कार्यकारी निर्देशक अम्मर साउद, लगाएतको उपस्थिति रहेको थियो ।
तालिममा खोज तथा उद्धार तर्फ २३ जना र आगलागी नियन्त्रण सम्बन्धी तालिममा २२ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरूले पहिले पनि यो तालिम लगी सकेको र यसले झनै समाजमा यस्ता घटना आइपरे नियन्त्रण गर्न सघाउ पुग्ने बताएका छन् ।
































