मनसुन अझ सक्रिय हुदा ३ दिन हुने वर्षाका कारण बझाङ उच्च जोखिममा

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बझाङ जिल्ला उच्च जोखिममा रहेको बताएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१) देखि तीन दिन (असार २३) सम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै जोखिमका हिसाबले जिल्लाहरूलाई तीन भागमा विभाजन गरेको छ।

CP Hospital Dhangadhi

३ दिन हुने वर्षाका कारण सुदूरपश्चिमको बझाङ सहित डडेलधुरा, डोटी, अछाम, दार्चुला, बैतडी र बाजुरा उच्च जोखिममा देखिएका हुन्। सेती नदीको सतह बढे सँगै बाढीको खतरा हुने भएकोले सेती नदी र यसका सहायक खोलाको आसपास बस्नेलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय बझाङले अनुरोध गरेको छ ।

आइतवार सम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न विभागले अनुरोध गरेको छ । महाशाखाका अनुसार चार प्रदेशका ३० जिल्लाहरू उच्च जोखिममा रहेको बताएको छ । महाशाखाका अनुसार यस अवधिमा गण्डकी प्रदेशका ८, लुम्बिनीका ९, कर्णालीका ६ र सुदूरपश्चिमका ७ गरी ३० जिल्ला उच्च जोखिममा रहेको देखाएको हो ।

nawajiwan
pk & Lotus

विगत केही दिनदेखि मनसुन न्यून चापिय रेखाका कारण नेपालमा सक्रिय भएको मनसुन अझ केही दिन नेपालको दक्षिण सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना रहेको विभागले बताएको छ।

Dhnagadhi & Krishanapur