छिमेक लघुवित्त शाखा कार्यालय सिगास द्वारा विपन्न तथा जेहेन्दार बिद्यार्थी लाई छात्रवृत्ति वितरण

Image
Nisarga Hospital

बैतडी:जिल्लाको सिगास ०२ गाँजरीमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिगास द्वारा विपन्न तथा जेहेन्दार बिद्यार्थीहरु लाई छात्रवृत्ति वितरण गरिएको छ।शाखा कार्यालय सिगासले सिगास,सुर्नया र पाटन नगरपालिकाका गरि १० जना गरिब, बिपन्न छात्राहरु लाई छात्रवृत्ति वितरण गरेको हो।

CP Hospital Dhangadhi

यहि असार २८ गते एक औपचारिक कार्यक्रमका साथ विपन्न तथा जेहेन्दार छात्राहरुको शैक्षिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले शाखा कार्यालय सिगास द्वारा १० जना छात्राहरु लाई जनही रु. ३६००/- का दरले रू. ३६०००/- छात्रवृत्ति वितरण गरिएको शाखा कार्यालय सिगासका शाखा प्रबन्धक भुवन कुमार सार्की ज्युले बताउनुभयो|

nawajiwan

छात्रवृत्ति वितरण कार्यक्रममा सिगास गाउँपालिकाका उपाध्यक्ष धना धामी र ०२ नं. वडाका वडा अध्यक्ष ठगेन्द्र सिंह ऐर ज्यू सहित सदस्य अभिभावकको उपस्थिती रहेको थियो।
छात्रवृत्ति पाउनेमा
१.सिगास -१ खर्केउडा :कल्पना धामी
२.सिगास-१ खन्तड :पुस्पा बिष्ट
३.सिगास-२ गांजरी :गंगा धामी
४.सिगास-२ रोणिगड :विन्देश्वरी क्षेत्री
५.सिगास-३ भुमेश्वर :डम्मरा सांसद
६.सिगास-९ जडेवाटा :आयुषा कुमारी बोहरा
७.सिगास-९ जालहाल्ला :करिष्मा कुमारी चन्द
८.सुर्नया-६ मुसे :ईशवरी महरा
९.सुर्नया-७ पत्थरकोट :मनिषा मडै
१०.पाटन-९ खालीडांणा :सपना भण्डारी  गरि १० जना छात्राहरू रहेका छन्।

Attariya Hospital

यसै गरि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका गरिब,विपन्न विद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।साथै आफ्ना सदस्यहरु लाई व्यवसायीक सीपमूलक तालिम प्रदान गर्दै लघु उद्यमी र व्यवसायी बनाउनमा जोड दिएको छ।

Advertize US