
बझाङको सदरमुकाम चैनपुर बजारमा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । प्राथमिक उपचारको महत्वलाई समुदायस्तर सम्म पु¥याउने र विद्यालय तथा समुदायस्तरमा दुर्घटनामा हुनसक्ने मानवीय पीडालाई कम गराउने उद्देश्यले युरोपियन युनियनको आर्थिक सहयोग , युएनडिपी युएनओमन,युनिसेफकोे प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था रुडुक द्वारा सञ्चालित सहरी बिपद् तथा भूकम्पीय पुर्ब तयारी सुपर परियोजना अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो ।

परियोजना लागु भएका जयपृथ्बी नगरपालिका वडा नम्बर ३,४ र ११ विद्यार्थी ,शिक्षकहरूको सहभागिता रहेको तालिममा रक्तस्राव रोकथाम, हाड भाँचिने, घाँटीमा अड्किने, स्थानीयस्तरमा आपत्कालीन स्ट्रेचर बनाउने र दुर्घटनाका समयमा प्राथमिक उपचार तत्कालै पु¥याउने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।


समापन कार्यक्रममा बोल्दै पाण्डु माध्यमिक विद्यालयका प्रअ जनक राज उपाध्यायले यो तालिमबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । बिपद् जुन सुकै समय पनि आउन सक्ने भएकाले बिपद् आइहाले तत्काल के गर्न सकिन्छ भन्ने विषयमा बुझेकाले यसले विद्यालय देखि समुदाय सम्म धेरै फाइदा पुग्ने बताउनुभयो । साथै सिकेर मात्र नभएर तालिममा सिकेका कुरा छरछिमेक र साथिभाइलाइ सिकाउन पनि सहभागीहरुलाइ आग्रह गर्नुभयो । यस्तै कार्यक्रमका प्रशिक्षक हेमन्त ओझाले यस्ता तालिम महत्वपुर्ण हुने भएकाले यस्ता कार्यक्रम स्थानीय सरकार ,विद्यालय लगायत सरोकार वालाले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर १० का वडा अध्यक्ष पुष्प बहादुर सिंहले बझाङ बिपद्को हिसाबले जोखिमा रहेको जिल्ला भएकाले यो तालिम ममत्वपूर्ण भएको बताउनुभयो । साथै तालिममा सहभागीहरूले बिपद्को समयमा नआतीयर उपचार गर्न पनि अनुरोध गर्नुभयो ।

































