बझाङमा एक पसल बाट यार्सागुम्बा सहित चरेस फेला

Image
Nisarga Hospital

बझाङमा एक पसल बाट यार्सागुम्बा सहित चरेस फेला परेको छ । सुर्मा गाउँपालिका घर भइ जयपृथ्वी नगरपालिका-१० चैनपुरमा पसल सञ्चालन गर्दै आउनुभएका ४८ बर्षिया लोक बहादुर बोहराको पसल बाट यार्सागुम्बा सहित लागु औषध चरेस फेला परेको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

गोप्य सूचनाको आधारमा सोमवार बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय बझाङ बाट खटिएको प्रहरी टोलिले बोहराको पसलमा छापा मार्दा लुकाइ छिपाइ राखेको ९३९ ग्राम यार्चागुम्बा र ६ ग्राम लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पसल सञ्चालक बोहरा लाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nawajiwan