
बझाङः भूकम्प आधारित नगरपालिका स्तरीय टेबलटप कृत्रिम घटना अध्यास गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग , युएनडिपी युएनओमन,युनिसेफकोे प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था रुडुक द्वारा सञ्चालित सहरी बिपद् तथा भूकम्पीय पुर्ब तयारी सुपर परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो ।

टेबलटप कृत्रिम अभ्यास भन्नाले कृत्रिम घटनामा आधारित ,साधन स्रोतको परिचालन नगरीकन बृहत् छलफलमा आधारित,निर्णयकर्ता निती निर्माता वा कार्यकारी अधिकारी प्राप्त व्यक्तिहरू समावेश सवाल जवाफ गरीने ,यथार्थपरक आफना योजना क्षमता तथा साधन स्रोतमा आधारित रही गरीने अभ्यास हो ।

नगरपालिका भित्र ठुलो भूकम्प गइहाले खोज उद्धार कसरी गर्ने, घाइते तथा उपचार व्यवस्थापन, व्यवसाय निरन्तर योजना, राहत व्यवस्थापन,सेल्टर तथा अस्थाइ बास स्थान व्यवस्थापन, शव व्यवस्थापन, लगाएतका विषय समेटिएर समूहमा छलफल गरिएको थियो ।

कार्यक्रममा १ देखि ११ वटै वडा अध्यक्षहरू, विभिन्न शाखाका कर्मचारी ,अपाङ्ग सञ्जालका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका बिपद् फोकल प्रसन नन्दु धामी, गैरसरकारी सँस्थाका प्रतिनिधी ,रुडुक सँस्थाका कार्यकारी निर्देशक अम्मर साउद, खगेन्द्र भटराइ, युएनडिपीका इन्जिनियर दिवस दाहाल, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
जयपृथ्बी नगरपालिका कार्यवाहक नगरप्रमुख तथा वडा नम्बर १० का वडा अध्यक्ष पुष्प बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रशिक्षण श्रिजन बहादुर मल्लले गर्नुभएको थियो । कार्यक्रमको समापन गदै जयपृथ्बी नगरपालिका कार्यबहाक नगरप्रमुख तथा वडा नम्बर १० का वडा अध्यक्ष सिहले बिपदमा सबै भन्दा ठुलो मनोबल रहेको भन्दै आतिएर काम गर्दा सबैकाम बिग्रने भएकाले नआतिएर बिपद्रको सामना गर्नुपर्ने उहाँको भनाइ थियो ।

































