दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुन बैतडीमा खेलाडी नाम दर्ता खुल्ला

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बैतडीमा खेलाडी नाम दर्ता खुल्ला गरिएको छ । प्रतियोगिताको लागि श्रावण १३ देखि भाद्र ५ गते सम्म नाम दर्ता खुल्ला गरिएको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

सहभागी हुन चाहने महिला र पुरुष खेलाडीले भदौ ५ गतेसम्म जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आएर नाम दर्ता गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।

nawajiwan

उहाँले भन्नुभयो ‘प्रतियोगितामा सहभागी हुन चाहनेहरू खेलाडीले अनिवार्य रुपमा खेलाडी नाम दर्ता फारम भरेको हुनुपर्ने र फारम नभरेको खेलाडी छनौट प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।’

खेलाडीले दर्ता फारम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र, अर्को जिल्ला भए बसाईसराईको प्रमाणपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाएको छ ।

Attariya Hospital

जिल्लामा खेलाडी छनौट प्रतियोगिता भदौ १५ देखि ३१ सम्म सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो ।

भलिबल, क्रिकेट, कबड्डी, एथ्लेटिक्स, ब्याडमिण्टन, फुटबल, खो–खो, बुद्धिचाल, भारत्तोलन, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, उसु, आई टि एफ, तेक्वान्दो, ह्वाण्डबल र सेपाक्टाको खेलहरु जिल्ला छनौट प्रतियोगितामा खेलाइने छन् ।

जिल्लाबाट छनौट भएका खेलाडीले सुदूरपश्चिम प्रदेश छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।