पर्यटन तथा संस्कृति मन्त्री पाण्डेय र उपकुलपति डा.जोशीबिच भेट वार्ता

Image
Nisarga Hospital

गगन अयडी : काठमाडौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेय र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीबिच भेट वार्ता भएको छ।

CP Hospital Dhangadhi

मन्त्री निवास पुल्चोक ललितपुरमा भएको भेटमा उपकुलपति डा.जोशीले मन्त्री पाण्डेय लाई समग्र सुदूरपश्चिमको कला, संस्कृति र पर्यटनको विकासका लागि मागपत्र पेस गर्नु भएको छ।

सो अवसरमा मन्त्री पाण्डेयले आफू कला संस्कृतिको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने बताउनु भयो। उपकुलपति जोशीको नेतृत्वमा सुदूरपश्चिमका स्रष्टा, जनप्रतिनिधि र सञ्चारकर्मीसहितको टोलीले मंगलबार बिहान मन्त्री पाण्डेयसंग भेट गरि बधाई ज्ञापन गर्नुको साथै सुदूरपश्चिको सांस्कृतिक र पर्यटनको विकासका योजनाबारे छलफल गरेका छन्।