
अत्तरिया: सुदूर पश्चिम प्रदेशकै धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।

केही दिन अगाडि अविरल वर्षाका संगै आएको बाढीका कारण गोदावरी धामको पारी पट्टी रहेको शिव मन्दिरको परिसरको केही भागमा क्षती पुर्याएको छ। उक्त ठाउँमा क्षती न्यूनीकरणका लागि गोदावरी नगरपालिकाले ग्याबिन सहित ततबन्धनको काम अगाडी बढाएको छ।

यस मन्दिर परिसरमा खोलाको कटान रोक्नका लागि जमीन सतह बाटै ग्याविन जाली तटबन्धनको काम आज वाट नै सुरु गराउन लागेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन् ।

यस धामको विकासका लागि करोडौँ बजेटको आवश्यकता रहेको अवस्थामा डिपिआर अनुसार काम अगाडी बढाउन नसकेता पनि पुरानो मठ मन्दिर लाई जोगाउन ग्याबिन जालीले मन्दिरलाई जोगाउन केही राहत हुने भएकोले आज देखि नै काम अगाडी बढाउन थालेको नगर प्रमुख भट्टले बताएका छन् ।

त्यसै गरी यस धामको विकास र समृद्धिका लागि स्थानिय, प्रदेश र केन्द्रमा धाउँदा पनि सोचे जस्तो काम हुन नसकेको र अहिले गोदावरी नगरपालिकाका मेयर सापले यस ठाउँमा रहेका मठ मन्दिर लाई जोगाउन र बाढी बाट जोगाउन तटबन्धन तथा निर्माणको काममा लागि रहेको जानकारी धाम व्यवस्थापन समिति सह सचिव दीपेन्द्र अवस्थीले बताएका छन्।

गोदावरी धाममा वर्षेनी बाह्रराशि दर्शन मकरमेला लाग्दै गर्दा विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लाग्ने गर्दछ । हिजोआज पनि दिनहुँ हजारौँ बढी भक्तजन आउने गरेका छन् । धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत भक्तालु तथा दर्शनार्थी आउने गरेका छन् ।


नेपालको सुदूरपश्चिमलगायत, कर्णाली, लुम्बिनी प्रदेशबाट मानिस गोदावरी धाममा आउने गरेको आयोजकले बताएको छ । धाममा पाञ्चायन देवताको पाँच पुराण र चारवेद पाठ भइरहेको छ । ग्रहपूजा, हवन, ध्यान, योग, जपलगायत धार्मिक क्रियाकलाप भइरहेको छ । दिनहुँ सयभन्दा बढी व्रतबन्ध, विवाह जस्ता धार्मिक कार्यक्रम भइरहेको छन ।

मेला लागेको समयमा बाह्रराशि नवग्रह, २७ नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, भजनकीर्तन, प्रवचन आदि भइरहेको आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ । माघ महिनामा विभिन्न धार्मिक कार्यक्रम तथा शुभकार्य गरिने भएकाले पनि यस समयमा झनै मानिसको घुइँचो लाग्ने गरेको छ । धाममा कुम्भबाटिका, स्नान कुण्डलगायत संरचना निर्माण गरिएका छन् । मेलाको लागि गोदावरीमा स्थानीय बजार लाग्ने गरेको समितिका सह सचिव दीपेन्द्र अवस्थीले बताएका छन।































