
बझाङः शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति शिक्षकहरूका लागि आयोजित तिन दिने विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रगतिशील युवा समाजको आयोजना,वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा तीन दिनसम्म सञ्चालित तालिम आज बुधवार सम्पन्न भएको हो ।

विद्यालयको पठनपाठन देखि भौतिक व्यवस्थापन लगाएतको बारेमा क्षमता विकास गर्ने उदेश्यले सञ्चालन भएको तालिममा शिक्षक अभिभावक संघ विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया काम ,कर्तव्यको बारेमा जानकारी गराइएको थियो ।
भाद्र ३ गते देखि ५ गते सञ्चालित उक्त तालिममा जयपृथबी नगरपालिका वडा नम्बर ४ मा रहेको बालविकास माबीका बिव्यस,शिक्षक अभिभावक संघ र शिक्षकहरूको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रगतिशील युवा समाजका सहसचिव पबिन्द्र धामीले विद्यालयमा शैक्षिक गुणस्तर सुधार तर्फ सबैले आफ्नो भूमिका निभाइरहेको भएपनि अझै कसरी शैक्षिक गुणस्तर बढाउने र अन्य विद्यालय सँग प्रतिस्पर्धा भैरहेकाले तालिमले विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा सहभागीहरूले तालिम उपयोगी भएको विचार व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । विद्यालय राम्रो बनाउन शिक्षक मात्र जिम्मेवार नभएर बिव्यस,शिक्षक अभिभावक संघको पनि मुख्य भूमिका रहने रहेछ सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रगतिशील युवा समाजका अध्यक्ष रमेर कुमार केशीले सबैलाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा संस्थाको सहयोग निरन्तर रहने उल्लेख गर्नुभयो । साथै तालिममा सिकेका कुराहरू सबैले आफ्नो क्षेत्रमा आफ्नो भूमिका बुझेर विद्यालयको गुणस्तर अगाडी बढाउन लाग्नुपर्ने बताउनुभयो ।
तालिमको प्रशिक्षण लामो समय देखि गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने उदेश्यले बिभिन्न ठाउँमा सहजिकरण गदै आउनुभएका मिन बहादुर शाहीले गर्नुभएको थियो ।































