सुदूरपश्चिम गौरा महोत्सवको मिति सारियो

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र डेउडा प्रतियोगिताको संयुक्त आयोजनामा धनगढीमा आयोजना हुने गौरा महोत्सव यही भदौ १०, ११ र १२ गते हुने भएको छ।
यस अघि ८, ९ र १० गते हुने भनिएकोमा विशेष कारणले गौरा महोत्सव १०, ११ र १२ गते धनगढीस्थित पुरानो ऐरपोट खुला मञ्चमा आयोजना हुने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेमबिबस चन्दले बताए।
सो अवसरमा यस वर्ष विद्यालयस्तरिय खुला डेउडा प्रतियोगिता आयोजना हुने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले बताए।
गौरा महोत्सव २०८१ मा सहभागी हुनका लागि सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानले सबैलाई आह्वान गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital