
डोटीः डोटीमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध महिला घाइते भएकी छन् ।

डोटीकै गोपघाटबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०२००३ प २५६० नम्बरको मोटरसाइकलको ठक्करबाट शिखर नगरपालिका ६ मटेलामा सोही ठाउँ बस्ने ६० वर्षकी पैदल यात्री टिका बलायर घाइते भएकी हुन् । उनको दाँया हात, दाँया खुट्टा र छातिमा चोट लागेको जनाइएको छ । उनको सुजङ अस्पताल राजपुरमा सामान्य उपचारपश्चात थप उपचारको लागी धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका ४ दिपायल बस्ने ३२ वर्षीया मोटरसाइकल चालक समसाद मन्सुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसका साथै मोटरसाइकलमा पछाडीबाट सवार दिपायल सिलगढी ४ दिपायल बस्ने बर्ष २४ का आरिफ मन्सुरीलाई पनि प्रहरीले नियन्त्रणमा राखेको बताएको छ ।































