
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले पूर्ण रुपमा प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउने भएको छ ।

गोदावरी नगरपालिकाले नगरपालिका भित्र प्लाष्टिकजन्य बस्तु पूर्ण प्रतिवन्धका लागि बजार अनुगमन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र सँगै प्रदेश राजधानीको शहरले चिनिएको अत्तरिया बजारमा नगरपालिकाद्वारा प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध सँगै ब्यावसायी दर्ता बिवरण जानकारी लिन अनुगमन गरेको छ ।

नगरपालिकाले केही दिन अगाडी बिभिन्न संचार माध्यमलाई उपलब्ध गराएको सुचना, बजारमा माईकिङ सँगै बजार अनुगमन मार्फत प्लाष्टिकजन्य सामाग्रीहरु पूर्ण रुपमा प्रयोग तथा बिक्रि वितरणमा प्रतिवन्ध गरिने जनाएको हो ।
नगरपालिकाले ४० माइक्रोन भन्दा कमका झोलाहरु, डिस्पोजेबल वस्तुहरु जस्तै थाली, कप, थाल, गिलास, कचौरा, चम्चा, आदि , रेस्टुरेन्ट, होटलहरूमा खानाको प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगाएतका रहेका छन ।
नगरउपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, बिभिन्न वडाका वडा अध्यक्ष, बिभिन्ना शाखाका कर्मचारी, नगर प्रहरी तथा मालाखेती ईप्रकाका प्रहरी लगायतको टोलीले गोदावरी नगरपालिका वडा नं. २ पहाड लाईन र वडा न. १ को धनगढी लाईनमा रहेको पसलहरुको अनुगमनमा प्लाष्टिक जन्य पदार्थ भोली देखि नै कडाईका साथ लाग्ने र आज सबैलाई जनचेतना सँगै प्रतिबन्धित प्लाष्टिक प्रयोगमा नल्याई दिन अनुरोध समेत गरेको छ ।

बजार अनुगमनकै क्रममा गोदावरी नगरपालिकाका उप प्रमुख शारदा देवी रोकायाले बजारमा प्लास्टिक युक्त वस्तु निषेधित गर्ने,फर्म दर्ता ,नवीकरण भए नभएको अनुगमन गरिएको बताईन् ।

शुक्रबार गरिएको अनुगमन हाल सुझाब मात्र दिएको र अब उपरान्त प्लास्टिक जन्य वस्तुको प्रयोग गरिएको पाइएमा जरिवाना सहित कारबाही गर्ने उनले बताईन्।
त्यसै गरी बजार अनुगमनकै क्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्टले प्लास्टिक जन्य पदार्थ निषेधित र बिकल्प सहित सबैले प्रयोगमा ल्याउन सुझाव सहित ब्यावसाय दर्ता प्रक्रिया अगाढी बढाउन सबैलाई ध्यानआक्रर्षण गरेको बताएका छन ।
यस अघि पनि नगरपालिकाले ३० दिने सुचना जारी गरेर प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन खोजेको थियो तर उक्त उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन आएको छैन । नगरपालिकाले सोही अनुसार ठाउँ ठाउँमा नगरबासीलाई सचेतना गराउन होर्डिङ बोर्ड पनि राखेको छ ।






































