धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र बझाङ

Image
Nisarga Hospital

बझाङः बझाङको थलारा गाउँपालिकामा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।

CP Hospital Dhangadhi

कृषि ज्ञान केन्द्र बझाङ र उन्नति सहकारीको साझेदारीमा मिलेर यहाँ धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । थलारा गाउँपालिका १ रेगममा यो कार्यक्रम सञ्चालन गरिएको हो । मूल बीउ कृषि अनुसन्धान निर्देशनालय दिपायल बाट ल्याइ कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा राधा४, हर्दिनाथ १ र ४ ,सुक्खा ३ जातको धानखेत गरिएको छ ।

nawajiwan
Attariya Hospital

उन्नति सहकारीको साझेदारीमा ६० रोपनी क्षेत्रफलमा अहिले धानको बीउ उत्पादन गर्न खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो । बीउ राम्रो र गुणस्तर भएमा उत्पादन पनि राम्रो हुने भएकाले बीउ उत्पादनलाई ज्ञान केन्द्रले प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले बताउनुभयो ।

यस जिल्लालाई धानमा आत्मनिर्भर गराउँदै अन्यत्र निर्यात समेत गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ । आफ्नै ठाउँमा बीउ उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको र कार्यक्रम सफल भए विस्तार गरिँदै लगिने कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले बताउनुभयो

यसैबिच बीउका लागि लगाइएको धानको केही दिन अगाडी कृषि ज्ञान केन्द्रका प्रमुख सहित प्राविधिक टोलिले अनुगमन समेत गरेको छ । असार १० गते तिर रोपियो धानको बिउ असोज १५/१६ तिर कटानी गरीने र उत्पादित बीउ कृषि ज्ञान केन्द्रले नै बजारिकरण गर्ने. कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो ।