बझाङमा सुख्खा पहिरो जाँदा जयपृथ्वि राजमार्ग अबरुद्ध !

Image
Nisarga Hospital

बझाङकाे जयपृथ्वि राजमार्ग अबरुद्ध भएको छ । आज विहान करिब ७:३० बजे तमैल बजार नजिकै सुख्खा पहिराे जाँदा राजमार्ग अबरुद्ध भएको हाे ।

CP Hospital Dhangadhi

राजमार्ग अबरुद्धका कारण जिल्ला बाट छुट्ने र जिल्ला भित्र भित्रीने लामाे तथा छाेटाे दुरिमा चल्ने सबै सवारिका साधनहरू ठप्प भएका छन् भने यात्रु अलपत्र परेका छन् ।लगातार पहिराे खसी रहेका कारण सडक खुलाउन पनि समस्या भएको बस ब्यावसायि जाेग बहादुर दाैल्यालले जानकारी दिनु भयाे ।

Attariya Hospital

विहान बझाङ बाट धनगढी , काठमाडौ , महेन्द्रनगर ,डडेल्धुरा का लागि छुटेका केही बसहरू पार भएको र केही बसहरू थन्किएको दाैल्यालले बताउनु भयाे । सडक खुलाउने प्रयासमा अाफुहरू लागि परेकाे र पहिराे खसी रहेका कारण समस्या भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

nawajiwan