
धनगढीः निजामती कर्मचारी दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत कानून अधिकृत दानबहादुर सुनार सम्मानित भएका छन्। उनलाई मन्त्रालयले उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित गरेको हो। लेखक, विश्लेषक र राष्ट्रसेवकको रूपमा कार्यरत कानून अधिकृत सुनार यस अघि पनि बिभिन्न संघ संस्थाबाट सम्मानित भैसकेका छन्।































